चीनद्धारा ‘सिल्क रोडस्टर’ को नयाँ फोरम स्थापना, चिनियाँ टोली काठमाडौंमा

Silk china

काठमाडौं । चिनियाँ कम्युनिष्ट पार्टीले महत्त्वाकांक्षी चिनियाँ परियोजना बेल्ट एन्ड रोड इनिसिएटिभ (बीआरआई) को १० वर्ष पूरा भएको अवसरमा चीनले ‘सिल्क रोडस्टर’ भन्ने नयाँ फोरम स्थापना गरेको छ ।

चीन र दक्षिण पूर्वी एशिया तथा दक्षिण एशियाका राष्ट्रहरुबीच व्यवहारिक समन्वयका लागि फोरम स्थापना गरिएको चिनियाँ कम्युनिष्ट पार्टीले बताएको छ । यो फोरममा पाँच महत्त्वपूर्ण परियोजना सिल्क रोड यात्रा, सिल्क रोड सशक्तिकरण, सिल्क रोड आनन्द, सिल्क रोड उज्यालोपदेश र सिल्क रोड समृद्धि समेटिएका छन् ।

यससम्बन्धी अभियानमा सहभागी हुन काठमाडौँ आइपुगेको चिनियाँ टोलीले बिहीबार भक्तपुरमा एक कार्यक्रम गरेको छ। ‘सिल्क रोडस्टर : जोइन द राइड फर बेटर फ्युचर’ शीर्षकमा गरिएको कार्यक्रममा चिनियाँ टोलीसाथै विभिन्न राजनीतिक पार्टीका प्रतिनिधिहरु पनि थिए । नेपालमा सिल्क रोड इम्बार्कमेन्ट र सिल्क रोड इम्पावरमेन्टको कार्यक्रम गर्न चिनियाँ प्रतिनिधिमण्डल नेपाल आइपुगेको हो ।

कार्यक्रममा नेकपा एमाले, नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा (एकीकृत समाजवादी), नेपाल मजदूर किसान पार्टी लगायतका पार्टीका प्रतिनिधि सहभागी थिए ।

कार्यक्रममा आइडिसिपिसीका काउन्सेलर डु शियालिनले सिल्क रोडस्टरका बारेमा बताएका थिए । नेपाली सर्वसाधारणलाई चिनियाँहरुको समूहले निःशुल्क चिकित्सा हेरचाह तथा अन्य सेवा पनि प्रदान गरेका थिए । चिनियाँ पक्षले कार्यक्रममा आएकालाई विभिन्न सामग्री पनि वितरण गरेका थिए ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...