मनसुनको न्युनचापीय रेखा नेपाल नजिक, आज यी प्रदेशहरुमा भारी वर्षा हुने

Mausam news

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव छ । मनसुनको न्यूनचापीय रेखा पश्चिमतिर सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पूर्वतिर सरदर स्थानभन्दा नेपाल नजिक अवस्थित छ ।

कोशी, मधेश, गण्डकी र लुम्बिनी प्रदेशका एक–दुई स्थानमा मंगलबार मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार अन्य प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ ।

अहिले देशभर सामान्यदेखि पूर्ण बदली छ । कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका १–२ स्थानमा मेघगर्जन, चट्याङसहित हल्का वर्षा भइरहेको छ ।

दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका १–२ स्थानमा मेघगर्जन र चट्याङसहित भारी वर्षाको सम्भावना छ ।

मंगलवार राति देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । सबै प्रदेशका केही स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी, मधेश, बागमती, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक–दुई स्थानमा मेघगर्जन, चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ । मधेश प्रदेश लगायत कोशी र लुम्बिनी प्रदेशका तराईका थोरै स्थानहरूमा हावाहुरीको पनि सम्भावना छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...