आरजु राणा देउवा भन्छिन्, आफूलाई जोडेर सार्वजनिक भएको अडियो झुटो हो

Aarju1 rana deuwa

काठमाडौं । नेपाली कांग्रेसकी केन्द्रीय सदस्य तथा सांसद डा आरजु राणा देउवाले नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान भइरहेका बेला आफूलाई जोडेर सार्वजनिक भएको अडियो झुटो भएको बताएकी छिन् ।

उक्त अडियोको अनुसन्धान गर्न प्रहरीमा दिएको उजुरीको छानविनबाट पनि सो प्रमाणित भएको उनको भनाइ छ । उक्त अडियो संवादमा एक व्यक्तिले अर्का कोही व्यक्तिसँग डा. राणा र मञ्जु खाँडलाई रकम बुझाएको बताएका थिए ।

सोमबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद राणाले आफूलाई रकम दिइएको कुरा अडियोमा योजनावद्ध रुपमा रेकर्ड गरिएको बताएकी हुन् ।

त्यो आवाज हाल अनुसन्धानमा रहेका दाङका सन्देश शर्माकै भएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ । सो अडियोको छानविन गर्न डा। राणाले नेपाल प्रहरीको साइबर ब्युरोमा निवेदन दिएकी थिइन् । आफूलाई जोडेर ‘फेक अडियो’ बदनियतपूर्ण रुपमा रेकर्ड गराइएको भन्दै सो अडियो कसले बनाएको हो र सामाजिक सञ्जालमा कसले राखेको हो भन्ने विषयको अनुसन्धान गरी दोषीमाथि कारवाही गरिपाउँ भन्दै उनले गत वैशाख २७ मा उजुरी दिएकी थिइन् ।

प्रहरी अनुसन्धानबाट सो आवाज शर्मासँग मिलेको भए पनि आफूलाई लेनदेनका बारेमा केही थाहा नभएको भन्दै सांसद डा राणाले सो अडियो नै बदनियतपूर्ण रुपमा आफूलाई यस मुद्दामा जबर्जस्ती तान्न गरिएको षड्यन्त्र रहेको बताउने गरेकी छिन् ।

सोही उजुरीका आधारमा अनुसन्धान गरेको प्रहरीले सो आवाज शरणार्थी प्रकरणका आरोपी सन्देश शर्माको आवाजको ‘स्याम्पल’ सँग मेल खाएको जानकारी आइतबार गराएको छ । त्यही निवेदनमाथि अनुसन्धान गर्दा त्यो अडियो टिकटकमा कसले पहिलो पटक राखेको थियो भन्नेबारेमा भने टिकटक सिङ्गापुरसँग जानकारी मागेको तर प्राप्त नभएको पनि नेपाल प्रहरीका प्रवक्ता कुवेर कडायतले जानकारी दिए । उता थुनमा रहेका अभियुक्त शर्माले गत वैशाख ४ गते नेपाल प्रहरीमा दिएको र अदालतमा दिएको बयान एउटै छ ।

‘त्यो मान्छे केशमा मुछिएकै मान्छे हो। तर उसले जे भनेको छ, त्यो चाहीँ गलत भनेको र उसले आफै पनि स्वीकार गरेको छ कि दुईवटा मान्छेको नाम लिएको छ, एकजना बुढाथोकी र एकजना रेग्मी भन्नेले यो योजनामा मलाई यसो यसो भन भनेर मैले भनेको हो। म उहाँलाई चिन्दिनँ भन्ने उहाँले प्रहरीमा पनि त्यही बयान दिनुभएको छ। र अदालतमा पनि त्यही बयान दिनुभएको छ। अर्कोकुरा मेरो प्रश्नचिन्ह, प्रहरीकोमा भएको टेप जुन ४ गते नै त्यो मान्छेले म उहाँलाई चिन्दिनँ भनेर वैशाख ४ गते उसको बयान रेकर्ड भएको रहेछ। त्यो पनि अदालतमा दिएको डकुमेन्टमा साबित छ। ४ गते उसले म चिन्दिनँ भनेको टेप १६ गते कसरी प्रहरीबाट बाहिर आयो ?’, उनले भनिन्, ‘यो मेरो लागि पनि ठूलो प्रश्न हो। भोली कसैलाई साजिसमा फसाउने हो भने यो गलत हो भन्ने थाहा पाउँदा पाउँदै किन बाहिर प्रेसमा लिक भयो भन्ने कुरा प्रश्न चिन्ह मेरो मनमा छ। मैले बाहिर आउनुपर्छ भनेको कुरा त कसले बोलेको पो बाहिर आउनुपर्छ भनेको हो। जब उनीहरूलाई थाहा थियो कि यसमा तथ्य छैन भनेर। त्यो किन बाहिर आयो ? तथ्य होइन भनेको कुरालाई किन बाहिर ल्याइयो ?’

तर आरजु राणाको नाम लिइएको सो अडियो सो बयानपछि मात्रै सार्वजनिक भएको थियो । त्यसपछि डा राणाले अनुसन्धानका लागि प्रहरीसमक्ष उजुरी दिएको बताएकी थिइन् । उक्त निवेदनबारे गरेको अनुसन्धानमा सिआइबीले फोनमा बोल्ने सन्देश शर्माले बयानमा दिएअनुसार आफूलाई अनुकूल हुनेगरी मात्रै नाम लिएको तर डा राणालाई आफूले नचिनेको र यो काण्डमा उनको सम्बन्ध रहेको बारेमा आफूलाई थाहा नभएको बताएका थिए ।

अभियुक्त सन्देश शर्माले काठमाडौँ जिल्ला अदालतमा दिएको बयानमा पैसा लिएका मानिसका कारण आफू समस्यामा परेकाले जाहेरवाला गजेन्द्र बुढाथोकी र रामकुमार रेग्मीले आरजु देउवा तथा बालकृष्ण खाँड र मञ्जु खाँडकोसमेत नाम लिई मैले रकम बुझाएको हो भन्नु भनेअनुसार नै उनीहरुको नाम लिएको र आफूहरुले यस प्रकरणमा उनीहरुलाई नचिन्ने बयान दिएका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...