पश्चिम बंगालमा पञ्चायतको चुनावमा हिंसा भड्किंदा १६ जनाको मृत्यु

West bengal election

काठमाडौं । भारतको पश्चिम बंगालमा पञ्चायतको चुनावमा हिंसा भड्किंदा १६ जनाको मृत्यु भएको छ । हिंसाका बीच शनिबार साँझ ५ बजेसम्म करिब ६६.२८ प्रतिशत मतदान भएको थियो । चुनावको नतिजा ११ जुलाईमा घोषणा हुनेछ ।

शनिबारको चुनावमा हिंसा हुनसक्ने आशंकामा एक लाख ३५ हजार सुरक्षाकर्मी परिचालन गरिएको थियो । तर पनि विभिन्न ठाउँमा हिंसा हुँदा १६ जनाको हत्या भएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।

बम विष्फोट, गोली हानाहान, बुथमा तोडफोड र मतपेटिका लुटपाट हुँदा सुरक्षाकर्मी निरीह जस्तो देखिएका थिए । मृत्यु हुनेमा अलग(अलग पार्टीका कार्यकर्ताहरु छन् ।

हिंसामा सबैभन्दा धेरै त्रिणमुल कांग्रेस (टीएमसी) का १० जनाको मृत्यु भएको छ । भारतीय जनता पार्टी (भाजपा) का ३ र भारतीय कम्युनिष्ट पार्टी (सीपीआई) का ३ जनाको मृत्यु भएको छ । हिंसाको दोष दलहरुले एकअर्कालाई लगाएका छन् । यसअघि सन् २०१८ मा पनि पश्चिम बंगालमा पञ्चायतको चुनावमा हिंसा हुँदा १० जनाको ज्यान गएको थियो ।

शनिबार बिहानदेखि मतदान सुरु भएपछि पश्चिम बङ्गालमा हिंसाका धेरै घटना भएका र हिंसात्मक गतिविधि हुन नदिन राज्य सरकारले विश्वसनीय तयारी नगरेका भन्दै दलहरुले आक्रोस जनाएका छन् । तृणमूल कांग्रेसले तीन कार्यकर्ताको हत्या भएको आरोप लगाउँदै पञ्चायत निर्वाचनमा सुरक्षा व्यवस्था गर्न नसकेकामा सरकारको आलोचना गरेको छ ।

दश करोड चालीस लाख जनसङ्ख्या भएको उक्त राज्यमा ग्राम पञ्चायत चुनावमा दुई लाख उम्मेदवार चुनावी प्रतिस्पर्धामा छन् । पश्चिम बङ्गालको प्रहरी बलका अतिरिक्त महानिर्देशक जावेद शमीमले पुष्टि गरेका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...