२ वटा ट्रक ठोक्किएर आगो लाग्दा ३ जनाको मृत्यु, २ जना घाइते

Truck accident makawanpur

हेटौडा । मकवानपुरको मनहरी गाउँपालिकामा दुई ट्रक ठोक्किएर आगलागी हुँदा तीन जनाको मृत्यु भएको छ । दुई जना घाइते भएका छन् ।

मनहरी गाउँपालिका -६ नयाँबस्ती डिपाट गाउँस्थित पूर्व पश्चिम सडकखण्डमा हेटौंडाबाट चितवनतर्फ जाँदै गरेको ना६ख ६६६७ नंको ट्रक र विपरीत दिशातर्फबाट आउँदै गरेको ना६ख ६३१ नंको ट्रक एकापसमा ठक्कर खाएका थिए ।

ट्रक ठोक्किएपछि दुवै ट्रकमा आगलागी भएको थियो । दुर्घटनामा मृत्यु हुनेमा ना६ख ६६६७ नंको ट्रक चालक जिल्ला चितवन राप्ति नगरपालिका -८ का २८ वर्षीय रिहान रुम्बा तामाङ, सहचालक गोरखा गण्डकी गाउँपालिका -२ गोर्दीटारका २१ वर्षीय सुमन चेपाङ र ना६ख ६३१ नंको ट्रक सहचालक जिल्ला मकवानपुर मनहरी गाउँपालिका -३ बस्ने वर्ष २० को अमृत प्रजा रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका नायब उपरीक्षक टेकबहादुर कार्कीले बताए ।

घाइते ३५ वर्षीय विवेक तामाङ र ३२ वर्षीय अर्जुनकुमार प्रजाको चितवनस्थित भरतपुर अस्पतालमा उपचार भइरहेको छ । आगलागी भएको सवारी निभाउन हेटौंडाबाट दुई वटा दमकल आई आगो निभाए पनि सवारी पूर्ण क्षति भएको प्रहरीले जनाएको छ । दुर्घटनामा दुई जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...