एकीकृत समाजवादी पाल्पाका जिल्ला अध्यक्ष पाण्डेको निधन

Kamal pande palpa

पाल्पा । ह्रृदयघातका कारण नेकपा (एकीकृत समाजवादी) पाल्पाका जिल्ला अध्यक्ष ५२ वर्षीय खिमानन्द पाण्डे (कमल) को शुक्रबार बेलुकी निधन भएको छ ।

केही दिन दिनदेखि बगनासकाली गाउँपालिका -१, चिर्तुङधारा पिप्लेमा बस्दै आएका पाण्डेको हृदयघात भएपछि उपचारका लागि लुम्बिनी मेडिकल कलेज एण्ड टिचिङ अस्पताल प्रभास लैजाने क्रममा बाटोमै मृत्यु भएको हो ।

घरमा छाती दुख्यो भनेर जानकारी दिएपछि लुम्बिनी मेडिकल कलेज आउने क्रममा बाटोमै बेहोस भएको र अस्पतालमा ल्याउनासाथ चिकित्सकले मृत घोषणा गरेको एकीकृत समाजवादी निकट समाजवादी प्रेस संगठनका जिल्ला अध्यक्ष पदम गैरेले जानकारी दिए ।

पाण्डेयको दुई छोरा र श्रीमती छन् । तीन भाइमध्ये माइला छोराको डेढ वर्षअघि हृदयघातबाटै मृत्यु भएको थियो । सरल र मृदुभाषी पाण्डेय एकीकृत समाजवादी गठन हुनुपूर्व एमाले उपसचिव थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...