आज यी ६ प्रदेशहरुमा भारी वर्षा हुने, केही स्थानमा हावाहुरीसमेत चल्ने

Mausam news

काठमाडौं । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार जसको प्रभावले हाल देशभर आंशिकदेखि सामान्य बदली रहेको छ । कोशी, कर्णाली, गण्डकी र बागमती प्रदेशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षा भइरहेको छ ।

आज दिउँसो देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ । कोशी, बागमती, गण्डकी, र कर्णाली प्रदेशका केही तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, बागमती र गण्डकी प्रदेशका एक/दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको छ । देशको तराई भू-भागका केही स्थानहरूमा हावा हुरीको पनि सम्भावना रहेको छ ।

आज राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ । देशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एक/दुई स्थानमा चट्याङ्गसहित भारी वर्षाको समेत सम्भावना रहेको महाशाखाले छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...