ललिता निवास प्रकरण : धमाधम पक्राउ पर्ने थाले आरोपितहरु, पूर्व निर्वाचन आयुक्त र भाटभटेनीका सञ्चालक पक्राउ

Baluwatar lalita niwash

काठमाडौं । बालुवाटारको ललिता निवास जग्गा प्रकरणमा अख्तियारले जोगाएका आरोपितहरुमाथि प्रहरीले अनुसन्धान सुरु गरेको छ ।

ललिता निवास प्रकरणमा जोडिएका पूर्वनिर्वाचन आयुक्त सुधिरकुमार शाह पक्राउ परेका छन् । सरकारी पदमा रहदा ललिता निवासको जग्गा हिनामिना गर्ने कार्यमा संलग्न रहेको शाहमाथि आरोप छ ।

बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा हिनामिना प्रकरणमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले सर्च अपरेसन तीव्र बनाएको छ । सोही क्रममा सीआईबीले काठमाडौं उपत्यकामा निरन्तर सर्च अपरेसन चलाउँदा पछिल्लो पटक पूर्वनिर्वाचन आयुक्त सुधीरकुमार शाहलाई धुम्बाराहीस्थित निवासबाटै पक्राउ गरेको हो ।

विसं २०४९ देखि २०६९ सम्ममा ललिता निवासको जग्गा लिखत कीर्ते गरी हिनामिना भएको सार्वजनिक भएको थियो । सोही प्रकरणमा सीआईवीले अनुसन्धान गरिरहेको छ । यसैक्रममा शाह पक्राउ परेका हुन् ।

आजै प्रहरीले सोही प्रकरणमा भाटभटेनी सुपर मार्केटका सञ्चालक मीनबहादुर गुरूङसहित ६ जनालाई पक्राउ गरेको छ । उनीहरूलाई म्याद थपका लागि जिल्ला सरकारी वकिलको कार्यालयमा लगिएको छ । सरकारको स्वामित्वमा रहेको बालुवाटारस्थित ललिता निवासको जग्गा विभिन्न व्यक्तिका नाममा नामसारी गरेको आरोपमा प्रहरीले कारबाही अघि बढाएको हो ।

ललिता निवासको व्यक्तिको नाममा लगिएका बेला शाह भक्तपुर मालपोत कार्यालयमा शाखा अधिकृत थिए । सरकारले अधिग्रहण गरिसकेको ललिता निवासको जग्गा पुनः सुवर्णशमशेर र उनको परिवारको नाममा फर्काएर भूमाफियाले अनियमितता गरेका थिए ।

त्यतिबेला शाखा अधिकृत रहेका भण्डारीले सरकारी जग्गा राणा परिवारको नाममा फिर्ता गराइदिन भूमिका खेलबापत पाएका जग्गा सासु सोदाकुमारी चापागाईको नाममा १० आना र पत्नी भुवनकुमार चापागाईँको नाममा एक रोपनी जग्गा राखेको स्रोतको दाबी छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले चार वर्षअघि सुधीरकी पत्नी उर्मिला र गेहनाथको पत्नी भुवनकुमारी र सासु सोदाकुमारीलाई मुद्दा चलाए पनि दुई पूर्वसहसचिवलाई भने मुद्दा चलाएन । त्यो बेला गृह प्रशासनबाटै अख्तियारमा पुगेका नविनकुमार घिमिरे अख्तियारमा प्रमुख आयुक्त थिए ।
उक्त घटनाको सन्दर्भमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छुट्टै अनुसन्धान गरेर एक सय ७५ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दर्ता गरेको थियो । हाल उक्त मुद्दा विचाराधीन छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

‘प्रेस स्वतन्त्रतामाथि सर्वोच्चको हस्तक्षेप भयो’ : अध्यक्ष सुवेदी

Spress

काठमाडौँ । समाजवादी प्रेस सङ्गठन नेपालले ‘सीधा कुरा’ नामक न्युज पोर्टल र युट्युब च्यानलले प्रसारि...