घट्यो हवाई भाडा, कहाँ कति घट्यो ? (मुल्यसुचीसहित)

Hawai vada ghatyo

काठमाडौं । हवाई इन्धनको मुल्य घटेसँगै हवाई भाडा घटेको छ । यो मूल्य बुधबारदेखि लागू भइसकेको छ ।

नागरिक उड्डयन प्राधिकरणका अनुसार आयल निगमले हवाई इन्धनको साविकको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटाएसँगै आन्तरिक उडानमा रहेका वायुसेवाहरुको भाडामा फ्युल–सर–चार्ज घटेको हो ।

वायुसेवाले १ सय ६० रुपैयाँ प्रतिलिटरमा खरिद गर्ने हवाई इन्धनमा ६ प्रतिशत मूल्य घटेर १ सय ५० रुपैयाँमा झरेपछि प्राधिकरणले आन्तरिक तर्फका सुगम र दुर्गम भेगका उडानमा जहाज र हवाई दुरीका आधारित सुत्रका आधारमा मूल्य घटाएको हो । साविकको मूल्यमा प्रतिलिटर १० रुपैयाँ घटेपछि हवाई भाडामा न्यूनतम ९० रुपैयाँदेखि अधिकतम ५ सय ४० रुपैयाँसम्म घटेको छ ।

प्राधिकरणका अनुसार, सबैभन्दा धेरै हवाई भाडामा घट्ने सेक्टरमा विराटनगर–नेपालगन्ज ५ सय ४०, काठमाडौं–धनगढी ४ सय ४५, काठमाडौं–सुर्खेत ३ सय ४५ लगायत छन् ।

प्रतिकृया दिनुहोस