डा. बन्जाडेद्धारा एनआरएनए अमेरिकाको अध्यक्षको दावेदारी प्रस्तुत, सबैको साथ पाउँदा जित्ने ढुक्क

Dr banjade usa

फिलाडेल्फिया (अमेरिका) । अमेरिकामा रहेर लामो समयदेखि सामाजिक काममा सक्रिय रहँदै आएका डा. अर्जुन बन्जाडेले गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय समिति अमेरीका (एनआरएनए) को अध्यक्षको उम्मेदवारी दिने भएका छन् । सन् २०२३/२५ को अध्यक्षका लागि उम्मेदवारी घोषणा गर्दै आफ्नो प्रतिवद्धता पनि सार्वजनिक गरिसकेका छन् ।

अर्घाखाँची घर भएका डा. बन्जाडे नेपाली कांग्रेस निकट नेपाल विद्यार्थी संघको पूर्व नेता पनि हुन् । उनलाई अमेरिकामा सामाजिक अभियान्ताका साथै कुसल राजनीतिककर्मीका रुपमा पनि लिइन्छ ।

अमेरिकामा बसोबास गर्ने नेपाली समुदायको हक अधिकार र पेशागत हकहितका क्रियाशील बन्जाडेको पक्षमा एनआरएनएका वर्तमान र निवर्तमान पदाधिकारी नै सक्रिय बनेका छन् । एनआरएनका अन्तरािष्ट्रय नेता गौरी जोशी, पूर्व अध्यक्ष सुनील साह, वरिष्ठ उपाध्यक्ष कृष्ण जिवी पन्त, सचिव विकास उप्रेती सहित अमेरिकामा चर्चित नेताका रुपमा चिनिएका प्रमोद सिटौला, विष्णु सुवेदी लगायतले साथ दिएका छन् ।

पुराना र चर्चित व्यक्तिहरुको साथ पाएपछि डा. बन्जाडेले यतिबेला आफ्नो चुनावी अभियानलाई तीव्र बनाएका छन् । उनले अमेरिकामा बसोबास गर्ने नेपालीहरुका लागि संरक्षण र स्थायीत्वको लागि आफुले ज्यानको बाजी राखेर काम गर्ने बताए ।

‘एनआरएनएएनसीसी अमेरीकालाई सबैले अपनत्व महसुस हुने संस्थाको रूपमा बिकास गर्न स्ंस्थामा धेरै सुधार गर्न जरुरी छ’, उनले भने, ‘त्यसका लागि कुसल नृतृत्व र सही विचार चाहिन्छ । मैले अमेरिकामा बस्ने सबै नेपालीको भावना बुझेको छु । त्यही भएर पनि म संस्थालाई रफ्तारमा अघि बढाउन सक्षम छु ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...