सडक निर्माणमा मनोमानी, स्थानीयले लगाए वडा कार्यालयमा ताला

Talabandi hile

धनकुटा । सडक निर्माणमा वडाध्यक्षले मनोमानी गरेरपछि उपभोक्ताहरुले वडा कार्यालयमा तालाबन्दी गरेका छन् ।

प्रदेश सरकारबाट यसै चालु आर्थिक वर्षमा लागि सिँजाली गाउँ जलकल्या कृषी सडक निर्माणका लागि २५ लाख रुपैयाँ विनियिोजन गरेको थियो । तर, धनकुटा नगरपालिका वडा नं. १ हिलेका वडाध्यक्ष वाङदा तामाङले तिन तले कृषी सडकका लागि बजेट आएको भन्दै आफ्नो घरको छेउ हुँदै बाटो निर्माण गर्न खोजेपछि स्थानीयले विरोध जनाउँदै आएका थिए ।

वडाध्यक्ष तामाङले जवरजस्ती बजेट अर्काे योजनामा हाल्न खोजेपछि मस्थानीयले पटकपटक आवाज उठाउँदै आएका थिए । तर सुनवाई नगरेपछि बाध्य भएर तालावन्दी गर्नुपरेको स्थानीय देव राईले बताए ।

वडाध्यक्षले जबरजस्ती आफ्नो घर छेउमा सडक निर्माण गराउन खोजेपछि जलकल्या कृषी सडक निर्माण उपभोक्ता समितिले जिल्ला प्रशासन कार्यालय धनकुटा र उच्च अदालत धनकुटामा मुद्दा दायर गरेको थियो ।

सो मुद्दामा जिल्ला प्रशासन कार्यालयले भने बजेट आधा आधा गरेर सडक निर्माण गर्न मौखिक सहमति दिएको थियो । तर उपभोक्ता समितिले अख्तियारमा परिन्छ, त्यसरी नगर्ने भन्दै अडान लिएको थियो । जिल्ला प्रशासन कार्यालयमा भएको छलफलमासमेत सहमति बन्न नसकेपछि समितिले उच्च अदालत धनकुटामा वडाध्यक्ष तामा विरुद्ध मुद्दा दायर गरेको थियो ।

उच्च अदालतले समेत तत्काल नितले कृषी सडकमा सो बजेट प्रयोग नगर्न अन्तरिक आदेश दिएको थियो । तर निर्देशनपछि पनि वडाध्यक्षले मनोमानी गर्न खोजेपछि स्थानीयले सोमबार विहानै वडा कार्यालयमा लातावन्दी गरेका हुन् ।

स्थानीय तेजबहादुर सिँजालीले निकास ननिस्किए वडाध्यक्षको काम विरुद्ध थप संघर्ष गर्ने बताए । उनले सहमति भएमा र प्रदेश सरकारले समय दिएमा अबको २० दिनभित्रै सडक निर्माण कार्य सम्पन्न गनर्न सकिने भएकाले सो बजेट फ्रिज हुन नदिन दबादस्वरुप तालावन्दी गरिएको बताए । 

प्रतिकृया दिनुहोस