अविरल वर्षासँगै आएको बाढीले पूर्वी नेपालको जनजीवन प्रभावित, पाँचथरमा ६ जना वेपत्ता

संखुवासभामा १८ वटा हाइड्रो पावर बगायो

Hewa khola pul

काठमाडौं । अविरल वर्षासँगै आएको बाढीले पूर्वी नेपालको जनजीवन प्रभावित भएको छ । पाँचथरमा ६ जना बेपत्ता भएका छन् ।

ठूलो परिमाणमा भौतिक संरचनामा क्षति पुगेको छ । पक्की र झोलुंगे पुलसमेत बगाएको छ । हेवा खोलामा आएको बाढीमा पर्दा फिदिम र फालेलुङमा ६ जना बेपत्ता भएका छन् ।

हेवा खोलामा आएको बाढीमा परेर हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम–१० का सन्जोग लोवा बेपत्ता भएका छन् । उनीहरू स्थानीय हेवा ‘ए’ जलविद्युत् आयोजनामा कार्यरत थिए । उनीहरू मध्यरातदेखि सम्पर्कविहीन भएको आयोजनाका कर्मचारी राम थापाले जानकारी दिए ।

बाढीले फिदिम ४ हेवा खोलामा गिटी कुटेर गुजारा चलाउँदै आएका एक, फालेलुङ ३ मा एक र फिदिम ४ माझी टारमा २ गरी ६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी नायव उपरीक्षक हरि खतिवडाले जानकारी दिए ।

बाढीले मेची राजमार्ग अन्तरगत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेँवा खोला पुल बगाएको छ । फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुई वटा मोटरेवल र एउटा झोलुङगे पुल बगाएको प्रहरीले जनाएको छ । याङवरक गाउँपालिका ३ र २ मा पनि घर बगाएको छ । तर क्षतिको विवरण यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ ।

त्यस्तै बाढीले फिदिम–४ हेवाखोलामा गिटी कुटेर गुजारा चलाँउदै आएका एक जना, फालेलुङ–३ मा १ जना र फिदिम–४ माझीटारमा २ जना बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रमुख (डीएसपी) हरि खतिवडाले बताए । बेपत्ताहरूको नाम खुल्न बाँकी छ ।

बाढीले मेची राजमार्गअन्तर्गत पाँचथर र ताप्लेजुङ जाने बाटोमा पर्ने हेवा खोला पुल बगाएको छ । यस्तै फालेलुङ गाउँपालिकाको लुमाङदिन र घुमाउनेमा दुईवटा मोटरेबल र एउटा झोलुंगे पुल बगाएको जिल्ला प्रहरी कार्यालय पाँचथरले जनाएको छ ।

यस्तै याङवरक गाउँपालिका ३ र २ मा घरहरू बगाएको खबर आए पनि क्षतिको विवरण यकिन हुन बाँकी रहेको प्रहरीले जनाएको छ । त्यस्तै पाँचथरका विभिन्न ठाउँमा पशुभाउ पनि बगाएको प्रहरीले जानकारी दिएको छ ।

त्यसैगरी संखुवासभामा पनि बाढीले ठूलो क्षति पुगेको छ । झण्डै १८ वटा हाइड्रोपावर बगाएको छ । राती भारी वर्षा भएकाले मानवीय क्षतिसमेत पुगेको हुनसक्ने प्रहरुले आशंका गरेको छ । यद्यपि क्षतिको विवरण आइपुगेको छैन ।

प्रतिकृया दिनुहोस