आज यी प्रदेशहरुमा वर्षा हुने, कोशी र गण्डकी प्रदेशमा भारी वर्षाको सम्भावना

Mausam news

काठमाडौं । आइतबार कोशी प्रदेशमा सामान्य बदली रहने छ । साथै सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भूभागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका केही स्थानहरूमा, कोशी प्रदेशका तराई भूभागका साथै देशका बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा र देशका बाँकी तराई भूभागका एक/दुई स्थानमा मेघ/गर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

कोशी प्रदेश र गण्डकी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ । आइतबार राति कोशी प्रदेशका केही स्थानहरूमा, देशका बाँकी पहाडी भूभागका थोरै स्थानहरूमा मेघ-गर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ । कोशी प्रदेशको एक/दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ ।

प्रतिकृया दिनुहोस