धनकुटा नगरपालिकामा पहिलो पटक गरियो रोजगार मेला

Rojgar mela

धनकुटा । जागिर खोज्ने र जागिर दिनेहरुका बीचमा भेटघाट गराउने उद्देश्यले धनकुटामा रोजगार मेलाको आयोजना गरिएको छ ।

धनकुटा नगरपालिकाको प्राङ्गणमा आयोजना गरिएको मेलालाई वृत्ति परामर्श तथा रोजगार मेला भनिएको छ । नेपाल सरकार र स्वीजरल्याण्ड सरकारबीच द्विपक्षीय सम्झौता ‘सम्मानित रोजगारीका लागि सीप परियोजना दोस्रो’ अन्तर्गत मेलाको आयोजना गरिएको हो ।

मेलामा स्टल राख्न र प्रवेश गर्न निःशुल्क व्यवस्था गरिएको थियो । मेलामा नगर क्षेत्रमा रहेका उद्योग÷व्यवसाय, बैंक तथा वित्तीय संस्था, पर्यटन, होटल व्यवसाय लगायत १५ प्रदर्शनी कक्ष रहेका थिए। मेलामा स्थानीय उत्पादनसहित रोजगारसँग सम्बन्धित छ विषय समावेश गरिएको नगर प्रमुख चिन्तन तामाङले जानकारी दिनुभयो। मेलामा वृत्ति विकाससम्बन्धी परामर्श सेवा तथा जानकारी दिइने, रोजगारदातासँग प्रत्यक्ष सम्पर्क गराइने, मेलामा नै रोजगार प्राप्त गर्न सकिने धनकुटा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मुक्तिनाथ सुवेदीले जानकारी दिए ।

एकातिर रोजगारी कहाँ पाइएला भनेर काम खोजिरहेको युवा बेरोजगारको पंक्ति र अर्कोतिर कामदारको अभाव झेलिरहेका व्यवसायीहरुलाई एकैठाउँमा भेटाउने मेलाको मूल उद्देश्य रहेको प्रमुख प्रशासकीय अधिकृत सुवेदीले बताए ।

उनले काम गर्न इच्छुक तर हातमा सिप नभएका युवालाई पनि रुची अनुसारको सिपमूलक तालिमका लागि छनौट गरिने बताए । युवालाई स्वदेशमै रोजगारी उपलब्ध गराउने नेपाल सरकारको नीतिलाई सहयोग गर्ने उद्देश्यले मेला आयोजना गरिएको उनको भनाइ छ ।

मेलामा विभिन्न रोजगार प्रदान गर्न सक्ने ५३ वटा संस्था तथा व्यवसायले १ सय ६७ जना जनशक्ति माग गरेका छन्  । माग बमोजिमका जनजक्ति आएमा नगरपालिकाको रोहबरमा सम्झौता गरेर रोजगार प्रदान गरिने नगरपालिकाले जनाएको छ । 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...