समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणि सुवेदी निर्वाचित, महासचिवमा एलनको जित

Samajwadi press sangathan

काठमाडौं । सत्तारूढ पार्टी नेकपा (एकीकृत समाजवादी) को जनवर्गीय संगठन समाजवादी प्रेस संगठनको अध्यक्षमा विश्वमणि सुवेदी विजयी भएका छन् । सुवेदी लामो समयदेखि जनआस्था साप्ताहिकमा कार्यरत छन् ।

आइतबार बिहान सम्पन्न अन्तिम मतपरिणाम अनुसार सुवेदीले प्रतिस्पर्धी भूपराज खड्कालाई २८ मतले पराजित गर्दै अध्यक्षमा निर्वाचित भएका हुन् । यसअघि उनी बरिष्ठ उपाध्इक्ष थिए । सुवेदीले १४७ मत प्राप्त गरी विजयी हुँदा खड्काले ११९ मत प्राप्त गरेका थिए । अध्यक्षका अर्का प्रतिस्पर्धी राघव साहले १५ मत प्राप्त गरे ।

खुला उपाध्यक्षमा नवराज छत्कुल्ली (१५०), महिला उपाध्यक्षमा अस्मिता गिरी (१७१), उपाध्यक्ष सुदूरपश्चिममा नरेन्द्र भट्ट (१७४) मत प्राप्त गरी विजयी भए । महासचिवमा रामकुमार एलनले १३९ मतले विजयी हुँदा उनका प्रतिस्पर्धी हृदय भुसालले १३० मत प्राप्त गरेका थिए ।

भौगोलिक उपाध्यक्षमा तीर्थराज सिग्देल (कोशी), सुभाषप्रसाद साह (मधेश), ध्रुव रायमाझी (बागमती), कृष्णराज गौतम (उपत्यका), तेजप्रसाद वाग्ले (एसोसियट तथा प्रतिष्ठान), श्रीराम सिग्देल (गण्डकी), शंकरप्रसाद पाण्डेय (लुम्बिनी) र अनन्त बराल (कर्णाली) सर्वसम्मत भएका थिए भने सुदूरपश्चिम उपाध्यक्षमा भने निर्वाचन भएको थियो ।

उपमहासचिवमा प्रेम गौतम (१६४), प्रतिज्ञा बुढामगर (१२२) र लेखनाथ सिकारु (१३९) मत प्राप्त गरी विजयी भए भने सचिव खुलामा शिवप्रसाद ढुंगाना (११७), अनिल शाही (१३६) र पूर्णबहादुर कार्कीले १६० मत प्राप्त गरी विजयी भए । यसैगरी सचिवहरुमा महिलातर्फ क्रान्ति न्यौपाने (१२८), दलिततर्फ प्रदीप नेपाली १५१ र कोषाध्यक्षमा कृपा भण्डारीले १३९ मत प्राप्त गरी विजयी भए ।

प्रतिकृया दिनुहोस