१९ वर्षपछि नियमित अध्यापन पेशामा फर्किए डा. मिनेन्द्र रिजाल

Minendra rijal 28

काठमाडौं । नेपाली कांग्रेसका नेता डा. मिनेन्द्र रिजाल अध्यापन पेशामा फर्किएका छन् । उनले आफू १९ वर्षपछि नियमित अध्यापन पेशामा फर्किएको जानकारी सामाजिक सञ्जालमार्फत गराएका छन् ।

काठमाडौंको मध्यबानेश्वरमा रहेको एपेक्स कलेजमा बिहान ८ देखि १० बजेसम्म अध्यापन सुरु गरिएको उनले बताएका छन् । रिजाल नेपाली कांग्रेसको १४ औं महाधिवेशनमा महामन्त्रीमा पराजित भएका थिए ।

उनले मंसिरमा भएको प्रतिनिधि सभा निर्वाचनमा टिकटसमेत नपाएपछि उनले सम्हालिरहेको तत्कालिन रक्षा मन्त्रालयबाट राजीनामा दिएका थिए । उनलाई सभापति शेरबहादुर देउवाले केही साता अघिमात्र केन्द्रीय सदस्य मनोनीत गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...