४ दिने भारत भ्रमण सकेर नेपाल फर्किए प्रधानमन्त्री प्रचण्ड

Prachanda farkiye nepal

काठमाडौं । धानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड चार दिने भारत भ्रमण सकेर साँझ ६ बजेपछि नेपाल फर्किएका छन् ।

चार दिने भ्रमणको क्रममा प्रधानमन्त्री दाहालले भारतसँग ऊर्जा ब्यापार, कार्गो रेल, पारवहन, डिजिटल भुक्तानी प्रणाली लगायतका विषयमा सम्झौता गरेका छन् ।

दिल्लीस्थित इन्दिरा गान्धी विमानस्थलमा प्रचण्डलाई भारतीय विदेश मन्त्रालयका विदेश मन्त्रालयकी राज्यमन्त्री मिनाक्षी लेखीले बिदाइ गरेकी थिइन् ।

गत जेठ १७ गते नयाँ दिल्ली पुगेका प्रधानमन्त्री प्रचण्डले भ्रमण दौरान समकक्षी नरेन्द्र मोदी, राष्ट्रपति द्रोपति मुर्मू, उपराष्ट्रपति जगदीप धनखार लगायतसँग भेटवार्ता गरेका थिए । भारतीय प्रधानमन्त्री मोदीसँग भने उनले प्रतिनिधिमण्डलस्तर र वान अन वान पनि भेटवार्ता गरेका थिए ।

नयाँ दिल्लीबाट उनी मध्यप्रदेशको इन्दोरसमेत पुगेका थिए । मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरको पूजासमेत गरेका प्रधानमन्त्री प्रचण्ड त्यहाँ सफाइ अभियान र आइटी पार्कको अवलोकन गरेका थिए ।

प्रधानमन्त्री दाहालले भ्रमणको क्रममा शुक्रबार मध्य प्रदेशको उज्जैनस्थित महाकालेश्वर मन्दिरमा १०८ किलो रुद्राक्ष चढाउँदै पूजा समेत गरेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...