जातजातिको जनसंख्या र धार्मिक विवरण सार्वजनिक : नेपालमा यस्तो छ जातिगत विवरण (विवरणसहित)

Janagana 78 sarbajanik

काठमाडौं । राष्ट्रिय तथ्याकं कार्यालयले नेपालको पछिल्लो जातिगत जनसंख्या र धार्मिक संलग्नताको पछिल्लो अवस्था सार्वजनिक गरेको छ ।

गत चैत १० गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय जनगणना, २०७८ को प्रतिवेदन सार्वजनिक गरेका थिए । त्यतिबेला जातजाति, भाषा र धर्म सम्बन्धमा भने विभिन्न व्यक्ति र संस्थाहरूबाट आएका करिब ७० वटा मागसहित ध्यानाकर्षण पत्र दर्ता भएको थियो ।

तंथ्यांक कार्यालयको पछिल्लो तथ्यांक अनुसार नेपालमा धर्मको संख्या १० वटा कायम भएको छ भने जनजातिको संख्या १४२ र मातृभाषा संख्या १२४ कायम भएको छ । नेपालमा सबैभन्दा धेरै क्षेत्री जातिका मानिस भएको पाइएको छ ।

राष्ट्रिय जनगणना २०७८ अनुसार कुल जनसंख्याको १६.४५ प्रतिशत अर्थात ४७ लाख ९६ हजार ९९५ जना क्षेत्री छन् । २०६८ मा पहाडी ब्राह्मणको जनसंख्या ३२ लाख २६ हजार ९०३ अर्थात १२।१८ प्रतिशत थियो ।

सबभन्दा कम नुराङ जातिका छन् । उनीहरुको संख्या जम्मा ३६ रहेको राष्ट्रिय तथ्यांक कार्यालयले जनाएको छ । २०६८ सालको जनगणनामा सबैभन्दा थोरै कुसुन्डा २७३ जना थिए भने नुराङ जातिको संख्या २७८ थियो ।

‘जातजाति, भाषा तथा धर्मसँग सम्बन्धित यी तथ्याङ्क उत्तरदाताहरूले दिएका जवाफका आधारमा र विज्ञसमूहको सिफारिस अनुसार राष्ट्रिय जनगणना २०७८ मा जातजातिको संख्या १४२, मातृभाषा संख्या १२४ र धर्म संख्या १० कायम भएको छ,’ राष्ट्रिय तथ्याकं कार्यालयले विज्ञप्तिमार्फत भनेको छ ।

‘२०६८ सालको जनगणनामा प्रकाशित भएका जातजाति र भाषाका अतिरिक्त २०७८ मा उल्लेख भई आएका थप नयाँ जातजाति र भाषाहरुको सन्दर्भमा त्यसलाई अन्तिम रुप दिन विज्ञहरूबाट प्रासंगिक कागजातहरू अध्ययन गरी वर्गीकरण गरिएको छ,’ विभागले भनेको छ ।

हेर्नुस् पुरा विवरण 

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

निशानन्युजकर्मी बराइली दिलिप घिमिरे स्मृति पत्रकारीता पुरस्कारबाट सम्मानित

Baraili samman

काठमाडौं । निशान न्युजकर्मी गोपाल बराइली स्वर्गीय पत्रकार दिलिप घिमिरेको स्मृतिमा स्थापित दिलिप घ...