विराटनगर भन्सारको कष्टम यार्डसम्म आउन थाल्यो विराटनगर आइपुग्यो कार्गो रेल

Bahathnaha biratnagar cargo rail

काठमाडौं । भारत बिहारको बथनाहाबाट विराटनगरस्थित भन्सारको कष्टम यार्डसम्म नियमित सञ्चालन हुने वाचासहित बिहीबारदेखि कार्गो रेल सेवा सुरू भएको छ ।

विराटनगरस्थित आरती स्ट्रिप्स, स्वस्तिक रोलिङ, हुलास वायर र प्रिमियर स्टिल उद्योगको औद्योगिक कच्चा पदार्थ बोकेर केहीबेर अघि कार्गो रेल विराटनगर आइपुगेको छ ।

बथनाहाबाट एकीकृत भन्सार जाँच चौकीसम्मको ७ दशमलव ६ किलोमिटर लामो छ । बथनाहाबाट छुटेको कार्गो रेल १५ मिनेटमा आईसीपीसम्म आइपुग्छ । कार्गो रेल नियमित हुने भएपछि विराटनगरका उद्योगीहरू उत्साही बनेका छन् । रेल सेवाले ढुवानी भाडा आधा सस्तो पर्ने बताउँदै उद्योगीहरूले यसको बिनाशर्त नियमितताको माग पनि गरेका छन् ।

भारत भ्रमणमा रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा उद्घाटन गरेपछि बथनाहाबाट कार्गो रेल विराटनगर आइपुगेको हो ।

औद्योगिक कच्चा पदार्थ बोकेर रेल विराटनगरको एकीकृत भन्सार जाँच चौकी आइपुग्दा नेपाली पक्षले भव्य स्वागत गरेको छ । स्थानीय उद्योगी व्यवसायी, स्थानीयबासी र सरकारी प्रतिनिधिहरूले स्वागत गरेका हुन् ।

बुधबार परीक्षणका लागि आईसीपीसम्म कार्गो रेल आएको थियो । यसअघि भारतको बथनाहाबाट विराटनगरको आईसीपी रेलवे स्टेसनसम्म बिछ्याइएको ८ किलोमिटर रेलमार्गमा २०७५ कात्तिक ८ गते रेल सञ्चालनको परीक्षण गरिएको थियो । विराटनगरस्थित रानी भन्सार नाकाबाट दैनिक सरदर ३ सय ट्रक नेपाल आउने गरेको छ । जसमा झण्डै ४ हजार ५ सय टन मालवस्तु हुन्छ ।

नेपाल(भारत दुवै देशका झन्डा राखेर २०७५ सालमै बथनाहादेखि आईसीपीको स्टेसनसम्म परीक्षणस्वरूप रेलको इन्जिन ल्याइएको थियो । यसपछि भारतीय पक्षले पटक पटक नेपाललाई आईसीपीसम्म कार्गो रेल सञ्चालन गर्न अनुरोध गर्दै आएको थियो ।

भारतको बथनाहादेखि मोरङको कटहरीसम्म रेल सञ्चालन गर्ने परियोजना सन् २०११ मा सुरु भएको थियो । १८ किलोमिटर लामो रेलमार्गको मुआब्जा विवादका कारण काम अगाडि बढ्न सकेको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...