तराईमा अत्याधिक बढ्यो गर्मी, गर्मीेले सुनसरी र मोरङका विद्यालय बन्द हुन थाले

Garmi news

काठमाडौं । केही दिनयता तराईका जिल्लाहरुमा अत्याधिक गर्मी बढेको छ । अत्यधिक गर्मी बढेसँगै सुनसरी र मोरङका स्थानीय पालिकाले केही दिनका लागि धमाधम विद्यालय बन्द गराउन थालेका छन् ।

जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगरका अनुसार यो वर्ष वैशाखमा सबैभन्दा बढी ४० दशमलव ५ डिग्री सेल्सियस तापक्रम थियो । केहीदिन देखि पूर्वी तराईको मौसम दैनिक सरदर ४० डिग्री तापक्रम कायम छ ।

केही दिनयता देशभर तापक्रम बढ्दा गर्मी भइरहेको छ । खासगरी अत्यधिक गर्मीले पूर्वी तथा मध्य तराईको जनजीवन कष्टकर बनिरहेको छ । काठमाडौं उपत्यकाबाहिर सिमरा, भैरहवाजस्ता ठाउँमा त अधिकतम तापक्रम ४० डिग्रीभन्दा माथि भइरहेको छ । मौसम पूर्वानुमान महाशाखाको विवरणअनुसार बुधबार सबैभन्दा बढी तापक्रम सिमरामा ४१.२ डिग्री सेल्सियस देखिएको छ । यसपछि अन्य सबै स्थानभन्दा बढी अधिकतम तापक्रम भैरहवामा बुधबार ४०.९ डिग्री सेल्सियस पुगेको छ।

जल तथा मौसम विज्ञान फिल्ड कार्यालय विराटनगरका प्रमुख विकास देउजाका अनुसार जेठमा दैनिक सरदर ३९ डिग्री सेल्सियस तापक्रम छ । बढ्दो गर्मीमा बालबालिकाको स्वास्थ्यलाई ध्यानमा राखेर विराटनगर महानगरपालिकासहित सुनसरीको इटहरी उपमहानगर र इनरुवा नगरपालिकाले आजदेखि विद्यालय बन्द भएका छन् ।

गर्मीका कारण बालबालिकाको स्वास्थ्यमा प्रतिकूल असर पर्ने स्थिति देखिएकाले बिहीबार र शुक्रबार विद्यालय बन्द गर्ने निर्णय गरिएको विराटनगर महानगरपालिकाले जनाएको छ । महानगरले पूर्वनिर्धारित परीक्षाका कार्यक्रमलाई भने यथावत राखेको छ ।

सुनसरीको इटहरी उपमहानगरपालिकाले पनि दुई दिन विद्यालय बन्द गर्ने निर्णय गरेको छ । शिक्षा शाखा प्रमुख सूर्य सुवेदीका अनुसार बर्खे बिदामा समायोजन गर्ने गरी दुई दिन विद्यालय बिदा गरिएको हो । मौसममा सुधार नआए बिदा थप गर्न सकिने सुवेदीले बताए । सुनसरीकै इनरुवा नगरपालिकाले भने बिहीबारदेखि एक साताका लागि विद्यालय बन्द गरेको छ ।

हिजोआज कतै बदली नै नभएको तथा पानी नै नपरेको भने होइन, तर तापक्रम घट्नेगरी वर्षा नभएको मौसमविद्हरुको भनाइ छ । सुदूरपश्चिम तथा पहाडी क्षेत्रमा मौसम बदली र फाटफुट वर्षा भइरहेकाले तुलनात्मक रूपमा त्यता तापक्रम धेरै वृद्धि भएको छैन ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...