चर्कियो पहिचानको आन्दोलन, विराटनगरमा अनिश्चितकालीन निषेधाज्ञा जारी

Biratnagar gate

विराटनगर । विराटनगरमा आजदेखि अनिश्चितकालीन निषेधाज्ञा जारी भएको छ । जिल्ला प्रशासन कार्यालय मोरङले आज बिहानैदेखि अनिश्चितकालका लागि निशेधाज्ञा जारी गरेको हो ।

मोरङका प्रमुख जिल्ला अधिकारी वीरेन्द्रकुमार यादवका अनुसार निषेधित क्षेत्रमा सर्वसाधारण तथा सवारीसाधन आवतजावतबाहेक सभा, जुलुस, भेला, धर्नाजस्ता कार्यक्रम गर्न निषेध गरिएको छ ।

प्रदेश नामकरणको विरोधमा पहिचानवादीले सुरु गरेको आन्दोलनलाई मत्थर बनाउन जिल्ला प्रशासन कार्यालयले विराटनगर बजार क्षेत्रमा निषेधाज्ञा जारी गरेको हो । निषेधाज्ञा उल्लङ्घन गरिए कारबाही गरिने चेतावनी दिइएको छ ।

प्रदेशसभा पूर्वमा देवकोटा चोकदेखि पश्चिम कोशी अस्पतालसम्म, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय रोड शेष चोकदेखि दक्षिण जतुवा चोकसम्म, मुख्यमन्त्री निवास वरपरको ३ सय मिटरसम्म र जिल्ला प्रशासन कार्यालय मोरङको डाँफे चोकदेखि पूर्वको क्षेत्रसम्म निषेध गरिएको छ ।

प्रतिकृया दिनुहोस