सुुदूरपश्चिममा १०१ औँ दिनमा मन्त्रिपरिषद् विस्तार, नागरिक उन्मुक्ति सरकार बाहिरै

Sudurpaschim mantri sapath

धनगढी । सुुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले सरकारको नेतृत्व सम्हालेको १०१ औँ दिनमा शनिबार मन्त्रिपरिषद् विस्तार गरेका छन् ।

यद्यपि उनको मन्त्रिपरिषदले अझै पूर्णता पाएको छैन । शाहले माओवादी केन्द्रबाट दुई जना मन्त्री र एक राज्यमन्त्री तथा नेपाली कांग्रेसबाट एक जना मन्त्री नियुक्त गर्दै सरकार विस्तार गरेका हुन् ।

२०७९ माघ २६ मा मुख्यमन्त्री नियुक्त भएका शाहले माघ २७ मा कांग्रेसका प्रकाशबहादुर देउवा र नेकपा (एकीकृत समाजवादी) का नरेश शाहीलाई मन्त्री बनाएका थिए ।

१०१ औं दिनमा मन्त्रिपरिषद विस्तार गर्दा पनि मुख्यमन्त्री शाहले मुख्य सत्ता साझेदार नागरिक उन्मुक्ति पार्टीलाई विश्वासमा लिन सकेनन् । मुख्यमन्त्रीले नागरिक उन्मुक्ति पार्टीका लागि भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय खाली राखेका छन् । तर उसले दुईवटा मन्त्रालय पाउनुपर्ने अडान राखेको छ ।

त्यतिबेला माघ २७ मा देउवाले भौतिक पूर्वाधार मन्त्रालय र शाहीले आर्थिक मामिला तथा योजना मन्त्रालयको जिम्मेवारी लिएका थिए भने बाँकी मन्त्रालय मुख्यमन्त्री मातहतमै थियो । ३ महिना भन्दा लामो अवधि ३ सदस्यीय मन्त्रिपरिषदलाई १०१ औं दिनमा ७ सदस्यीय बनाए पनि अझै भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालय रिक्त छ ।

शनिबार माओवादीबाट सामाजिक विकास मन्त्रीमा नियुक्त भएका झपटबहादुर साउद, उद्योग पर्यटन वन तथा वातावरण मन्त्री रमेश धामी, कांग्रेसबाट आन्तरिक मामिला तथा कानूनमन्त्री बनेका पृथ्वीबहादुर सिंहले शनिबार नै पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन् । उद्योग पर्यटन वन तथा वातावरण राज्यमन्त्रीमा माओवादीकी गीतादेवी माल नियुक्त भएकी छन् ।

मुख्यमन्त्री शाहले शुक्रबार नै मन्त्रिपरिषद्ले पूर्णता पाउने बताएका थिए तर अन्तिम समयमा नागरिक उन्मुक्ति पार्टीकै कारण शनिबारका लागि सरेको थियो । शनिबार समेत नाउपाले मन्त्रीको नाम नदिएपछि सरकारले पूर्णता पाउन सकेन ।


मन्त्रिपरिषद् विस्तारपछि संक्षिप्त प्रतिक्रिया दिदै मुख्यमन्त्री कमलबहादुर शाहले भने नागरिक उन्मुक्ति पार्टीलाई विश्वासमा लिएर अघि बढ्ने बताएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...