रेसुङ्गा सामुदायिक वन क्षेत्रमा डढेलो, खानीगाउँ जोखिममा

Sesunga ban aago

गुल्मी । गुल्मी जिल्लाको रेसुङ्गा सामुदायिक वन क्षेत्रमा डढेलो लागेको छ । रेसुङ्गा नगरपालिकाको वडा नं. ८ को खानिगाउँ क्षेत्र नजिकै रेसुङ्गा वनमा शुक्रबार बेलुकीदेखि भीषण डढेलो लागिरहेको छ ।

डढेलो नियन्त्रणका लागि स्थानीय जनप्रनिधि, सुरक्षाकर्मी परिचालन भए पनि नियन्त्रणमा आउन सकेको छैन । शुक्रबार बेलुकी डढेलो नियन्त्रणका लागि रेसुङ्गा नगरपालिकाको दमकल सहितको टोली पुगे पनि नियन्त्रणमा ल्याउन नसकिएको रेसुङ्गा नरगपालिका वडा नं. ८ का वडाअध्यक्ष निरञ्जन काउछाले बताए ।

डढेलोले रेसुङ्गा नरगपालिकाको खानिगाउँ क्षेत्र जोखिममा रहेको छ । गर्मी र सुख्खा मौसम सुरु भएपछि वन डढेलो लाग्ने गरेको छ । यस वर्ष जिल्लामा २ हजार १ सय हेक्टर क्षेत्रफलमा डढेलो लागेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज गुरुपूर्णिमा मनाइँदै, व्यास जयन्ती पनि आजै

Teacher recruitment

काठमाडौं । गायत्री, दीक्षा, वेद मन्त्र सुनाउने र शिक्षा प्रदान गर्ने गुरुजनप्रति सम्मान भाव प्रकट...