मानवअधिकार आयोगको प्रश्न, हिरासतमा रहेका शेर्पाको टाउको कसरी फुट्यो ?

Tangdawa sherpa

काठमाडौं । पूर्वसांसद आङटावा शेर्पा घाइते भएकोबारे राष्ट्रिय मानवअधिकार आयोगले प्रहरीसँग कारण सोधेको छ ।

जेठ १ मा साँझ प्रहरीमा आत्मसमर्पण गरेको शेर्पा भोलिपल्ट बिहान साढे ३ बजे घाइते भएका थिए । पूर्वसांसद शेर्पा शौचालयमा लडेर घाइते भएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी दानबहादुर कार्कीले जानकारी दिए ।

प्रहरीले बिहान साढे ३ मा उनी लडेको दावी गर्दै आएको छ । तर, प्रहरीले टर्चर दिएको आरोप लगाएर शेर्पाको परिवारले आयोगमा उजुरी गरेका थिए । टाउकोमा सात टाँका लगाएको र टाउकोमा गहिरो चोट देखिएको आङटावाका छोरा आङनिमाले बताए । ‘प्रहरीले लडेको दावी गरेको ५ घण्टापछि उहाँको होस आएको थियो’ आङनिमाले भने– ‘अहिले त्रिपुरेश्वरस्थित ब्लु क्रस अस्पतालमा उपचार भइरहेको छ ।’

आयोगले शुक्रबार जिल्ला प्रहरी परिसर काठमाडौंलाई पत्राचार गरेर सो घटनाबारे कारण सोधेको छ । घटनाबारे उजुरी आएको र त्यसबारे अनुसन्धान भइरहेको आयोगका प्रवक्ता डा।टिकाराम पोखरेलले बताए । डा. पोखरेलले भने– ‘प्रहरी नियन्त्रणमा रहेका शेर्पा घाइते भएकोबारे हामी हेरिरहेका छौं, निष्कर्षमा पुगेका छैनौं ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...