विद्युत प्राधिकरणले काटिदियो प्रादेशिक अस्पताल जनकपुरको विजुली

Pradesik hospital janakpur

जनकपुरधाम । नेपाल विद्युत प्राधिकरणले जनकपुरधामस्थित प्रादेशिक अस्पतालको विद्युत लाइन काटिदिएको छ । प्राधिकरणको जनकपुर वितरण केन्द्रले आइतबार दिउँसो पौने २ बजे अस्पतालको विद्युत काटेको हो ।

मधेशकै ठूलो यो अस्पतालले प्राधिकरणलाई विजुलीवापतको १ करोड २० लाख रुपैयाँ महसुल तिर्न बाँकी छ । पटक पटक लिखित मौखिक ताकेता गर्दा पनि अटेर गरेपछि लाइन काटेको प्राधिकरणका वितरण केन्द्र प्रमुख लखन लला मल्लिकले बताए ।

प्रादेशिक अस्पतालले १५ महिनादेखि विद्युत महसुल बुझाएको छैन । ‘महसुल तिर्न पटक पटक मौखिक आग्रह र लिखित पत्र पठाएका छौं, मुख्यमन्त्री कार्यालय, सामाजिक विकास मन्त्रालय लगायतमा । तर मतलब नगरेपछि बाध्य भएर लाइन काटेका हौं’, प्रमुख मल्लिकले भने ।

विजुलीको लाइन काटिएपछि चर्को गर्मीमा बिरामीले पंखा चलाउन पनि पाएका छैनन्, विजुली नहुँदा अस्पतालका कतिपय उपकरण पनि चलेको छैन । कम्तीमा महसुल कहिलेसम्म तिर्ने लिखित प्रतिवद्धता गरे मात्र लाइन जोड्न सकिने वितरण केन्द्र प्रमुख मल्लिकले बताए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

सुदूरपश्चिमबाट एकीकृत समाजवादीले साथ छोड्दा गठबन्धनलाई केन्द्रलाई धक्कैधक्का

Pm prachanda kp oli meet with madhav kumar nepal

काठमाडौं । बालुवाटारबाट पटकपटक हेपिएको र सत्तामा नाम मात्रको सहभागीता भएको महसुस गर्दै आएको सत्ता...