दलित मुक्ति मोर्चाको कार्यक्रममा प्रचण्डले भने, हामी गर्जियौं भने ३२ सिटेले देश कब्जा गर्न सक्छौं

Pm prachanda dalit progaram

काठमाडौं । प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूहरुलाई ३२ सिटे भनेर हेप्ने गरिएको बताएका छन् ।

पार्टीको दलित मुक्ति मोर्चाको छैठौं राष्ट्रिय सम्मेलनको उद्घाटन कार्यक्रममा प्रधानमन्त्री दाहालले आफूहरुलाई ३२ सिटे भनेर ट्रोल बनाउने गरेको जिकिर गरे । उनले भने, ‘३२ सिटे, हाम्रो नाम त्यस्तो भएको छ । एक पटक हामी फेरि गर्जियौं भने ३२ सिट बहुमत सिटमा पुग्छ र नेपाल कब्जा हुन्छ ।’

‘३२ सिटे, हाम्रो नाम त्यस्तो भएको छ । एक पटक हामी फेरि गर्जियौं भने ३२ सिट बहुमत सिटमा पुग्छ र नेपाल कब्जा हुन्छ’ प्रचण्डले भने, ‘खाली एकतावद्ध भएर गर्जिने आवश्यकता मात्र हो ।’

नक्कली शरणार्थी बनाउने प्रकणमा जोडिएकाहरूले बडो व्यंग्य कसेर प्रचण्डको हालत हेर त भनेर खिस्सि गरेको भन्दै प्रधानमन्त्री दाहालले भने, ‘प्रचण्ड पुसको जाडोमा बिहान बिहान सडकमा बसेको छ भनेर भन्थे । सम्झिनु भएको छ तपाईंहरूले ? त्यसको केही समयमा लाखौं मान्छे प्रतिगमनका विरुद्ध सडकमा आए । प्रतिगमनकारी परास्त भए, अनि नेपाली जनताको जीत भयो ।’

यसबीचमा सरकारमाथि घेराबन्दी र दबाव आउन सक्ने भन्दै उनले उत्पीडित समुदायले आफूलाई साथ दिनुपर्ने बताए । ‘त्यसपछि पक्कै पनि ठुल्ठुला घेराबन्दी होलान्, ठुल्ठूला दबावहरु आउलान्, धम्कीहरु होलान्, धेरै चिजहरु हुन सक्छन् यो बीचमा’ उनले भने, ‘तर उत्पीडित वर्ग समुदाय हाम्रो श्रमजीवि समुदाय साथमा भयो भने जतिसुिुकै ठूलो घेराबन्दी र दबाव र धम्कीको सामना गरिनेछ ।’

यसवर्षको नीति तथा कार्यक्रम र बजेटबाट सरकारले दलितहरुका लागि विशेष घोषणा गर्ने प्रचण्डले आश्वासन दिए । संगठनले गरेको कार्यक्रममा उनले सरकारले गलत प्रवृत्तिका विरुद्ध दृढताका साथ काम गर्दै जाने हो भने त्यसको पक्षमा ठूलो फौज तयार हुने र भविष्यमा बहुमत ल्याउन सक्ने बताए ।

नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने घटनामा प्रहरीले सुरु गरेको अनुसन्धानतर्फ लक्षित गर्दै प्रचण्डले भ्रष्टाचारको फाइल खोल्न थालेको र यो ट्रेलर मात्र भएको बताए । ‘अब भ्रष्टाचारीहरुको फाइल खोलिन्छ । कुनै पनि हालतमा भ्रष्टाचारलाई छुट दिन सकिदैन’ प्रचण्डले भने ‘अहिले त्यो प्रक्रिया सुरु भएको छ, यो ट्रेलर मात्र हो, हेर्दै जानुस् सिंगै फिल्म देखिनेवाला छ ।’

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...