प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ : प्रहरी महानिरीक्षक कुँवर

Igp basanta kunwar

गुल्मी । प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरले जिल्ला प्रहरी कार्यालय गुल्मीका विभिन्न भवनको उद्घाटन गरेका छ । बिहीबार एक कार्यक्रमबीच उनले भवन उद्घाटन गरेका हुन् ।

सो अवसरमा प्रहरी महानिरीक्षक कुँवरले भौतिक संरचनाका हिसाबले प्रहरी कार्यालय अब्बल हुनुपर्ने बताए। “प्रहरीसँग जनताले विश्वास गर्न सक्नुपर्छ”, उनले भने, “पछिल्लो पटक प्रहरीलाई हेर्ने दृष्टिकोण र भरोसा फेरिएको छ ।” प्रहरीले सङ्ख्यात्मकभन्दा पनि गुणात्मकरुपमा सेवा प्रवाह गरिरहेको बताए।

जिल्ला प्रहरी कार्यालय परिसरमा कार्यालय प्रमुख निवास, सिनियर प्रहरी अधिकृत आवास, व्यारेक, मेस र हिरासत कक्ष निर्माण गरिएका छन् । ती सबै संरचना रु छ करोड ६८ लाखको लागतमा निर्माण सम्पन्न गरिएका जिल्ला प्रहरी कार्यालयका सुचना अधिकारी प्रहरी नायब उपरीक्षक डिल्लीनारायण पाण्डेले जानकारी दिए।

निर्माणको जिम्मा बिकोइ सुनिल–समिर जेभीले लिएको थियो । निर्माण व्यवसायी नारायण पोखरेलले केही समय अगाडि भवनको निर्माण सकेर जिल्ला प्रहरी कार्यालय गुल्मीलाई हस्तान्तरण गरेका थिए। ती संरचना लुम्बिनी प्रदेश प्रहरी कार्यालय दाङको प्राविधिक सहायतामा सम्पन्न भएका हुन् ।

 

प्रतिकृया दिनुहोस