काठमाडौंसहित पहाडी भेगमा आज पनि वर्षा हुने

Mausam news

काठमाडौं । बुधबार बिहान देशभरको मौसम आंशिक देखि सामान्य बदली रहेको छ । गण्डकी प्रदेशका थोरै स्थान र लुम्बिनी प्रदेशका पहाडी भू–भागका एक दुई स्थानमा भने हल्का वर्षा भइरहेको जल तथा मौसम विज्ञान विभागको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

बधबार पनि काठमाडौं उपत्यकासहित देशका पहाडी भूभागमा पानी पर्ने मौसमविद् शान्ति कँडेलले जानकारी दिइन् । काठमाडौं उपत्यका र आसपासका क्षेत्रमा बिहान ११ बजेपछि पानी पर्ने सम्भवना रहेको उनले बताइन् ।

दिउँसो देशका अन्य पहाडी भूभागमा पनि पानी पर्नेछ । पहाडी भू–भागका केही स्थानमा मेघगर्जन र चट्याङसहितका क्षेत्रमा मध्यम वर्षाको सम्भावना छ । तराईका भू–भागमा पहाडी क्षेत्रको तुलनामा कम पानी पर्ने कँडेलले जानकारी दिइन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

आज जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस, राष्ट्रपतिद्धारा शुभकामना व्यक्त

Jatiya cuwacut diwas

काठमाडौं । जातीय भेदभाव तथा छुवाछुत उन्मूलन राष्ट्रिय दिवस विभिन्न कार्यक्रम गरी मनाइँदैछ । २०६३...