बल्ल खुल्यो तातोपानीको दुईतर्फी नाका, सामान आयात निर्यात सुरु

Tatopani contenar

काठमाडौं । सिन्धुपाल्चोकस्थित चीनसँग जोडिएको तातोपानी नाका सोमबारदेखि दुईतर्फी सञ्चालनमा आएको छ । चीन सहमत भएसँगै यो नाकाबाट पनि रसुवागढीपछि दुइतर्फी आयात निर्यात सुरु भएको हो ।

सोमबार बिहान नेपालबाट २९ लाख २९ हजार ८ सय ११ रुपैयाँ बराबरको तीन ट्रक मुडा र म्याट्रेस चीनतर्फ निर्यात भएको तातोपानी भन्सार कार्यालयका प्रमुख दयानन्द केसीले बताए । गत महिना नेपाली र चिनियाँ अधिकारीबीच ल्हासामा भएको बैठकपछि यो नाकालाई २०७२ को भूकम्पअघिकै अवस्थामा सञ्चालन गर्ने सहमति भएको थियो ।

यसअघि भएको मौखिक सहमतिअनुरुप सोमबार मितेरी पुलमा चीन र नेपालका सीमाक्षेत्रका सुरक्षाकर्मीको अनौपचारिक उपस्थितिमा तीन कन्टेनर पठाएर निर्यात खुलाइएको हो । भूकम्प र पराकम्पनले नाका बन्द हुनुअघि यही नाकाबाट हस्तकला, वनस्पति, जडीबुडी, चाउचाउजस्ता एक सय ८२ प्रकारका सामग्री निर्यात हुने गर्थे ।

यसअघि यो नाका चीनबाट सामग्री ल्याउन एकतर्फी सञ्चालनमा आएको थियो । अब २०७२ अघि जस्तै नेपालबाट पनि सामग्री लैजान थालिएको हो । नेपाल–चीन सीमा व्यापार तथा सहयोग समन्वय संयन्त्रको पहिलो बैठकको सहमतिअनुसार अनुसार तातोपानी नाकाबाट भूकम्पअघिकै अवस्थामा दुईतर्फी व्यापार र नागरिकको आवतजावत सुचारु गरिएको हो ।

तर दु्वैतर्फ अध्यागमन कार्यालय व्यवस्थित हुन अझै समय लाग्ने बताइएको छ । मजदुर दिवसमा चीनमा पाँच दिन बिदा र नेपालतर्फ अध्यागमन कार्यालयमा कर्मचारी व्यवस्थापनमा समय लागेकोले मानिस आवतजावत गर्न अझै केही समय लाग्ने जनाइएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

काे हुन् दिलबहादुर सिंह, यस्तो छ बझाङमा चुनाव जित्ने आधार

Dil bahadur singh khaptadtv

गणेश विक, काठमाडाैं । पंचायतकालीन राजनीतिक अवस्थाको बारेमा हामीले पढेका र सुनेका मात्रै छम् । त्य...