आज १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइँदै, छैन मजदूरको सम्मान

Itta majdur

काठमाडौं । मे १ अर्थात् सोमबार १३४ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस । यस वर्षको मे दिवसमा ‘उज्ज्वल भविष्यका लागि मिलेर काम गरौँ’ भन्ने अन्तर्राष्ट्रिय नारा तय भएको छ । नेपालसहित विश्वमा श्रमिकले उत्सवका रूपमा मनाइने पर्व पनि हो ।

‘आठ घण्टा काम, आठ घण्टा आराम र आठ घण्टा मनोरञ्जन’को माग राख्दै अमेरिकाको सिकागो शहरका श्रमिकले सडक ओर्लिएर बलिदानीपूर्ण संघर्ष गरी विजय हासिल गरेको दिनको सम्झनामा मे १ मा अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइन्छ ।

अन्तर्राष्ट्रिय श्रमिक दिवसका अवसरमा नेपालमा पनि विभिन्न ट्रेड युनियनले विभिन्न कार्यक्रम आयोजना गरेका छन् । नेपाल ट्रेड युनियन कांग्रेस र नेपाल ट्रेड युनियन महासंघ लगायतले कार्यक्रम गर्ने जनाएका छन् ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा ‘आठ घण्टा काम, आठ घण्टा मनोरञ्जन र आठ घण्टा आराम’ भन्ने नाराका साथ श्रमिक दिवस मनाउन सुरु गरेको पाइन्छ । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवं श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको थियो । त्यसयता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ मा श्रमिक दिवस मनाउन सुुरु गरिएको हो ।

नेपालमा भने २००३ देखि सङ्गठित भएर काम गरे पनि श्रमिक दिवस खुलेर मनाउन थालेको २०४६ सालपछि हो । २००३ सालमा विराटनगरको ऐतिहासिक मजदुर आन्दोलनबाट प्रारम्भ भएको नेपालको ट्रेड युनियन आन्दोलनले ७७ वर्ष पार गरेको छ ।

विश्वका कैयौँ देशमा सार्वजनिक बिदा नै दिएर श्रमिक दिवस मनाइन्छ । नेपालमा सङ्गठित क्षेत्रका श्रमिकका लागि सार्वजनिक बिदा दिइएको छ तर नेपालमै पनि असङ्गठित क्षेत्रका काम गर्ने श्रमिक भने यो दिवसबारे बेखबर छन् । नेपालको ठूलो श्रमशक्ति विदेशमा छन् ।

नेपाली श्रमिकको प्रमुख श्रम गन्तव्य मानिने मलेसिया र खाडीमा काम गर्ने श्रमिक दिवसको बिदाबारे बेखबर छन् । नेपालमा सम्पूर्ण श्रमिकको नेतृत्व गर्दै आएका ट्रेड युनियनमा धेरै नेता फेरिए, ट्रेड युनियनका सङ्गठन थपिए, श्रम कानुनमा धेरै विषयमा आए तर वास्तविक श्रम गरेर खाने श्रमिकका कथा व्यथा अहिले पनि उस्तै छन् ।

श्रम सर्वेक्षण २०१७ का अनुसार आन्तरिक श्रम बजारमा ७० लाख ८६ कार्यरत भएकामा ४४ लाख ४६ हजार पुरुष र २६ लाख ४४ हजार महिला छन् । ठूलो हिस्सा ४४ लाख ११ हजार जना ९६२ दशमलव २० प्रतिशत असङ्गठित क्षेत्रमा कार्यरत छन् । यसैगरी कृषिमा १४ लाख ३४ हजार र गैरकृषिमा २९ लाख चार हजार कार्यरत छन् भने घरेलु क्षेत्रमा ७५ हजार कार्यरत छन् । योगदानमा आधारित सामाजिक सुरक्षा कार्यक्रम नयाँ युगको सुरुवात गरियो, त्यो सङ्ख्याका सबै असङ्गठित तथा स्वरोजगार श्रमिक हुन् ।

नेपालमा ८० प्रतिशतभन्दा बढी भारतीय श्रमिकले श्रम इजाजत नलिएरै काम गर्ने गरेका छन् । विदेशी नागरिकलाई काममा लगाउँदा श्रम ऐनअनुसार श्रम तथा व्यवसायजन्य सुरक्षा विभागबाट अनिवार्य रूपमा श्रम इजाजत लिनुपर्ने हुन्छ ।

भारतीय श्रमिकलाई काममा लगाउँदासमेत श्रम विभागमा अभिलेखीकरण गर्नुपर्ने हुन्छ । श्रम अडिटबाट विदेशीलाई काममा लगाउने प्रतिष्ठान १९.१६ प्रतिशत रहेका छन् तर श्रममा लगाउने प्रतिष्ठानमध्ये ८० प्रतिशतले श्रम इजाजत लिएका छन् । नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) को श्रम अडिट प्रतिवेदनले रोजगारदाताले नेपाल सरकारसँग अनुमति नलिई भारतीय श्रमिकलाई काममा लगाइरहेको औँल्याएको छ ।

प्रतिकृया दिनुहोस