वर्षा गराउने नयाँ प्रणाली भित्रिँदै, अझै ३ दिन देशभर मौसम बदली र वर्षाको सम्भावना

Mausam news

काठमाडौं । सोमबार देशका विभिन्न भूभागमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशको एक/दुई स्थानमा वर्षा भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

देशभर मौसम बदली र वर्षा अझै ३ दिन जारी रहने सम्भावना देखिएको मौसमविद्ले बताएका छन् । मौसम पूर्वानुमान महाशाखाका मौसमविद् गोविन्द झाका अनुसार देशभर मौसम बदली र वर्षा हुने क्रम अझै कम्तीमा ३ दिन जारी रहने देखिएको हो । मौसम पूर्वानुमान महाशाखाले सामान्यतया ३ दिनसम्मको मौसम अनुमान गर्ने गर्छ ।

‘आज बेलुका पश्चिम नेपालबाट पश्चिमी वायुको नयाँ प्रणाली वर्षा गराउने प्रणाली) भित्रिँदै छ’, मौसमविद् झाले भने, ‘यसले अब अरू २/३ दिन देशभर मौसम बदली र वर्षा गराउने सम्भावना छ ।’

दिउँसो पनि देशैभरका केही स्थानमा मेघगर्जनरचट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।मौसमविद् झाका अनुसार आज काठमाडौँ उपत्यकामा पनि हल्कादेखि मध्यमसम्म वर्षाको सम्भावना छ ।

आज राति पनि देशभर मौसम आंशिकदेखि सामान्य बदली रहने छ । यस क्रममा सुदूरपश्चिम र लुम्बिनी प्रदेशका केही स्थान तथा बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन÷चट्याङसहित हल्का वा क्षणिक वर्षाको सम्भावना छ ।

प्रतिकृया दिनुहोस