१० वटा संस्था ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार २०२३’ बाट पुरस्कृत

Journalist samman

काठमाडौं । राष्ट्रिय दलित पत्रकार संघ नेपालसहित १० वटा संस्था ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार २०२३’ बाट पुरस्कृत भएका छन् ।

अमेरिकामा बसोबास गर्दै आएका नेपालीहरुको संस्था एनआरएनए नन रेसिडेण्ट नेपाली एशोसिएसनले राष्ट्रिय दलित पत्रकार संघ नेपालसहित १० वटा पेशागत संस्थाहरुलाई १५० डलरसहित ताम्रापत्र प्रदान गरेको छ ।

देउराली फ़ाउण्डेसनले संयोजन गरेको ‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार २०२३’ बाट पुरस्कृत हुने अन्य संस्थाहरुमा श्रमजीवी पत्रकार संघ नेपाल, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज), क्रियाशील पत्रकार महिला, मुस्लिम जर्नालिस्ट क्लब, मधेसी पत्रकार समाज, अपाङ्ग पत्रकार मञ्च, शिक्षा पत्रकार समूह, राष्ट्रिय स्वास्थ्य पत्रकार मञ्च र राष्ट्रिय यातायात पत्रकार मञ्च छन् ।

यी १० वटा पेशागत संस्थाहरुलाई माढी नगरपालिकाका उपप्रमुख खेमप्रसाद महत्तो, ९ जना वडाध्यक्षहरु क्रमशः अमितकुमार लामा, दण्डपाणी पौडेल, पुरन महत्तो, माधवप्रसाद चापागाई, गणेश विश्वकर्मा, दिपेन्द्र पौडेल, चन्द्रकुमारी बानिया, विरेन्द्र भण्डारी र घनश्याम दवाडी लगायतले सम्मान गरे ।

फाउण्डेशनका अध्यक्ष भीम घिमिरेको अध्क्षतामा भएको सो सम्मान कार्यक्रममा माढी नगरपालिकाका उपप्रमुख महत्तो, श्रमजीवी पत्रकार संघका अध्यक्ष जन्मदेव जैसी, क्रियाशील पत्रकार महिलाकी अध्यक्ष रामकला खड्का, वडा नं. ५ का वडाध्यक्ष गणेश विश्वकर्मा लगायतले पत्रकारहरुलाई संगठित गर्दै उनीहरुको क्षमता अभिवृद्धि, पेशागत सुरक्षासँगै प्रभावकारी र मुस्लिम आन्दोलन मैत्री संचार क्षेत्रमा योगदान पु¥याउने संघ संस्थालाई सम्मान गरिनु समग्र पत्रकारीता क्षेत्रलाई सम्मान गरिनु भएको बताए ।

‘अन्तर्राष्ट्रिय सञ्चार सेवा पुरस्कार २०२३’ वितवरण कार्यक्रममा यातायात्र पत्रकार संघका अध्यक्ष तथा देउराली फाउण्डेसनका कार्यकारी निर्देशक बुद्धि विश्वकर्माले माढीमा गरिएको सम्मानले माढीबासीको समेत मनोवल बढेको बताए ।

 

प्रतिकृया दिनुहोस