काठमाडौंमा वर्षा सुरु, कस्तो रहला दिनभरको मौसम ?

Mausam news

काठमाडौं । काठमाडौंमा अहिले वर्षा जारी रहेको छ । काठमाडौंको केही स्थानमा सामान्य वर्षा भएको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

काठमाडौंमा आज घाम लाग्ने सम्भावना नरहेको महाशाखाको भनाइ छ । मौसमविद् प्रतिभा मानन्धरका अनुसार आज देशका धेरै ठाउँको मौसम बदली छ ।

गण्डकी प्रदेशका केही ठाउँमा पनि छिटपुट पानी परिरहेको छ । मौसम बदली भएकाले आज पहाडी क्षेत्रमा छिटपुट वर्षा र हावाहुरीको सम्भावना रहेको जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । ठूलो र निरन्तर पानी पर्ने तथा हावा चल्ने सम्भावना छैन । देशका धेरै ठाउँमा भोलिसम्म नै मौसम यस्तै रहने अनुमान छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...