यी हुन् छोटो फुर्सदमा पार्क तथा खुला टहलिने काठमाडौंका ठाउँ

Ktm ghumne thau

काठमाडौं । धुलो धुँवा भीडभाड र कोलाहलपूर्ण काठमाडौंमा सुन्दर र शान्त अनि खुला ठाउँ कहाँ होला ? धेरैलाई काठमाडौं शहर घुम्दा यस्तै लाग्छ । तर काठमाडौंमा थोरै भए पनि यस्ता सुन्दर र शान्त अनि खुला ठाउँ छन् ।

२०७२ सालको विनाशकारी भूकम्पपछि राजधानीमा खुला ठाउँको महत्व बढेको छ । सरकारी र निजी क्षेत्र शहरका खुला ठाउँ संरक्षण गर्न र पार्क व्यवस्थित गर्न लागेका छन्। पछिल्लो समय पार्कमा घुम्ने संस्कृति बढेको छ ।

लामो बिदामा टाढा घुम्न जाने संस्कृति विकास भएको छ भने छोटो फुर्सदमा पार्क तथा खुला ठाउँमा टहलिने धेरै भेटिन्छन् । आजको फोटो फिचरमा न्यूज एजेन्सी नेपालका फोटो पत्रकारले कैद गरेका काठमाडौं उपत्यकाका पार्कहरु ।

 

प्रतिकृया दिनुहोस