बाजुरामा २ पटक गयो भुकम्प, छैन मानवीय क्षति

Earth quake

काठमाडौं । बाजुरामा मध्यराति दुई पटक भूकम्प गएको छ ।

राति ११ः५८ बजे ४.९ म्याग्निच्युडको र राति १ः३० बजे ५.९ म्याग्निच्युडको भूकम्प गएको भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माले जानकारी दिए । उनका अनुसार दुवै भूकम्पको केन्द्रविन्दु बाजुराको दहकोटमा थियो ।

मध्यरातमा भूकम्प आएपछि मानिसहरु आत्तिएर घर बाहिर निस्किएका थिए । भूकम्पको धक्का बाजुरासँगै आसपासका जिल्लामा पनि महसुस भएको थियो । क्षतिको विवरण भने आएसकेको छैन । सो भुकम्पवाट हुन सक्ने क्षति र त्यसका विवरण संकलनका लागि भने सुरक्षाकर्मीसहित बिपद ब्यवस्थापन टोली परिचालन भने गरिएको उनले जानकारी दिए ।

यसअघि यही वैशाख १० गते पनि बाजुरा केन्द्रविन्दु भएर ४.१ म्याग्निच्युडको भूकम्प गएको थियो ।

 

प्रतिकृया दिनुहोस