एमाले नेतृत्वको दोस्रो प्रदेश सरकार ढल्यो, गण्डकीका मुख्यमन्त्रीले पाएनन विश्वासको मत

Khagaraj adhikari

पोखरा । नेकपा एमालेले नेतृत्व गरेको दोस्रो प्रदेश सरकार पनि ढलेको छ । विश्वासको मत प्राप्त गर्न नसकेपछि गण्डकी प्रदेशमा एमाले नेतृत्वको सरकार ढलेको हो ।

गण्डकीका मुख्यमन्त्री खगराज अधिकारीले आज भएको मतदानमा विश्वासको मत पाउन नसके पछि उनको सरकार ढलको छ । साथै, उनी स्वतः पदमुक्तसमेत भएका छन् ।

मुख्यमन्त्री अधिकारीले शनिबार प्रदेशसभा समक्ष राखेको प्रस्तावको पक्षमा २४ र विपक्षमा ३५ मत खसेपछि उनी पदमुक्त भएका हुन् । उनले आफुलाई विश्वासको मत दिन प्रस्ताव गरेका थिए ।

केन्द्रिय राजनीतिमा बदलाव आएसँगै नेकपा माओवादी केन्द्रले समर्थन फिर्ता लिएपछि संवैधानिक ब्यवस्था अनुसार दोस्रो पटक विश्वासको मत लिएका अधिकारीले आज विश्वासको मत प्राप्त गर्न नसकेका हुन् ।

अब संविधानको धारा १६८ को ३ अनुसार प्रदेश सभाको सबैभन्दा ठूलो दलको नेतृत्वमा सरकार बन्नेछ । ६० सदस्यीय गण्डकी प्रदेश सभामा २७ सांसद रहेको कांग्रेस सबैभन्दा ठूलो दल हो ।

प्रतिकृया दिनुहोस