नगर र जिल्ला सम्मेलनमा जुट्यो धनकुटा कांग्रेस

Nc dhankuta

धनकुटा । यही बैशाख १५ गते नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिको नगर अधिवेसन हुने भएको छ । यसअघि बैशाख ९ गते नगर अधिवेसन हुने भनिएको थियो ।

शुक्रबार बसेको नगर कार्य समितिको बैठकले बैशाख १५ गते नगर अधिवेसन गर्ने र प्रदेश निर्वाचन क्षेत्रीय र जिल्ला सम्मेलन भव्य रुपमा सम्पन्न गर्न व्यापक तयारी नेपाली कांग्रेस धनकुटाले गरिरहेको छ ।

बैशाख ९ गते गर्ने भनिएको नगर अधिवेसन प्राविधिक कारण स्थगित भएको थियो । तर, पहिले तोकिएको समयमा नगर अधिवेसन नगरिएपछि १५ गते गर्ने निर्णय भएको नगर सभापति नरेश श्रेष्ठले बताए । धनकुटा नगर सम्मेलन सम्पन्न गर्न १० वटै वडाका वडा सभापतिहरुलाई परिचालित गरिएको उनले बताए ।

सो बैठकमा नेपाली कांग्रेस धनकुटाका जिल्ला सचिव तथा धनकुटा नगर इन्चार्ज विजय सन्तोषी राई, नगर उपसभापति अभिशेषक कर्माचार्य, सचिव लोकेन्द्र खड्का, सहसचिव ज्ञानेन्द्र वस्नेत, सहसचिव शारदा सन्तोषी राई लगायतले नेपाली कांग्रेस धनकुटा नगर कार्य समितिले नगरभित्र नयाँ ढंगबाट संगठन विस्तार र सुदृढीकरण गर्ने बताए ।

नेपाली कांग्रेस धनकुटाले यसअघि सबै वडाहरुमा वडा सम्मेलन गरिसकेको छ भने ९ गते पालिकाहरुको सम्मेलन गरिसकेको छ । कांग्रेसले १६ गते प्रदेशसभा निर्वाचन क्षेत्र नं. १ को क्षेत्रीय सम्मेलन, बैशाख १८ गते प्रदेश सभा निर्वाचन क्षेत्र २ को सम्मेलन र बैशाख २३ गते जिल्ला सम्मेलन गर्ने जिल्ला सचिव विजय सन्तोषी राईले बताए ।

प्रतिकृया दिनुहोस