दलित मुक्ति संगठनको कर्णालीको प्रदेश सम्मेलन सम्पन्न, अध्यक्षमा गहतराज चयन

Mukti sangathan karnali

सुर्खेत । नेकपा (एकीकृत समाजवादी) निकट जनवर्गीय संगठन दलित मुक्ति संगठनले दलित आन्दोलनको पुनगर्ठन र रूपान्तरणका लागि राष्ट्रव्यापी पुनर्जागरण अभियान तीव्र बनाएको छ । सो अभियानअन्तर्गत कर्णाली प्रदेशको दोस्रो सम्मेलन सुर्खेतमा सम्पन्न गरेको छ ।

मंगलबार सम्पन्न प्रदेश अधिवेसनले मनिष गहतराजको अध्यक्षतामा ५१ सदस्य प्रदेश कमिटी बनाएको छ । जसको वरिष्ठ उपाध्यक्षमा मनबहादुर विक (सुर्खेत), उपाध्यक्षहरुमा कमल विक (सल्यान) र मानसिंह सुनार (जुम्ला) सचिवहरुमा हर्क नेपाली (दैलेख), मोतिराम सुनार (जाजरकोट),कमल नेपाली (हुम्ला), धिरेन्द्र परियार (सल्यान) र कोषाध्यक्षमा सीमा सुनार (मुगु) चयन भएका छन् ।

दलित मुक्ति संगठन नेपालका केन्द्रिय अध्यक्ष तथा नेकपा (एकीकृत समाजवादी) का पोलिटब्युरो सदस्य गणेश विश्वकर्मा, पार्टीको कर्णाली प्रदेश अध्यक्ष अमर थापा, दलित मुक्ति संगठनका उपाध्यक्ष बसन्त विश्वकर्मा, सुर्खेत पार्टी अध्यक्ष मोहन बडवाल, कर्णाली प्रदेशसभा सदस्य कल्याणी खड्का, दलित मुक्ति संगठनका केन्द्रीय सचिव भिउसेन नेपाली, भुतपूर्ण सैनिक संगठनका कर्णाली इन्चार्ज खडक केसी लगायतले बोलेका थिए ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...