निर्माण थालिएको ७ वर्षमा पनि पूरा भएन हापुरखोलाको पुल

Hapurkhola pul

दाङ । दाङको तुलसीपुर उपमहागरपालिका–१५ मा पर्ने डुरुवा–कोठरी जोड्ने हापुरखोलामा पुल निर्माण सुरु भएको झन्डै ७ वर्ष भयो। तर अझै त्यो पुल निर्माणको काम आधामात्रै भएको छ। पुल निर्माण नहुँदा त्यहाँका नागरिकलाई आवतजावतमा समस्या भइरहेको छ ।

विसं २०७५ चैत १८ गते काम पूरा गर्ने गरी सुर्खेतको एसपीय सूर्य जेभी कन्ट्रक्सन निर्माण कम्पनीसँग २०७३ असोज १९ गते भ्याटबाहेक १० करोड ५० लाख २१ हजार चार सयमा उक्त पुल निर्माणको ठेक्का सम्झौता भएको थियो । सोहीअनुसार पुल निर्माणको काम सुरु हुँदा खुसी भएका स्थानीय अहिले निराश भएका छन् । ‘निर्माण सुरु भएको सात वर्ष भयो”, उनले भने, ‘तर अहिलेसम्म पनि निर्माण पूरा भएको छैन, कहिले निर्माण हुने हो, हामीलाई निकै गाह्रो भयो ।’

सुरुको दिनमा व्यक्तिको स्वामित्वमा रहेको जग्गाका कारण पुल निर्माणमा विवाद भएको थियो । अहिले निर्माण कम्पनीले विभिन्न कारण देखाउँदै म्याद थपिरहेको छ । यसरी लामो समय पुल नबन्दा वर्षात्को समयमा सवारीसाधन वारपार गर्न समस्या हुने अटोचालक सुरेश परियारले बताए । ‘वर्षात्‌मा झनै समस्या हुने गरेको छ, पानीको बहाव बढ्ने गरेकाले वारपार गर्न पनि सकिँदैन”, उनले गुनासो गरे ।

पुल नबन्दा सास्ती भएपछि नागरिकले स्थानीय सरकारलाई पनि झक्झक्याउने गरेका छन् । वडा कार्यालय पनि पुल नबन्दा नागरिकले सास्ती पाएको भन्दै निर्माण कम्पनीलाई चाँडो पुल निर्माण गर्न आग्रह गरिएको तुलसीपुर–१५ का कार्यवाहक वडाध्यक्ष मङ्गल चौधरीले बताए ।

हाल २०८० असार मसान्तसम्म म्याद थप भएको छ । तोकिएको समयमा निर्माण नभएमा म्याद थप नहुने र निर्माण कम्पनीलाई कारबाही गर्ने सडक डिभिजन कार्यालय दाङका इन्जिनियर विके लाखेले बताए । पुल निर्माणका लागि पटक–पटक स्थानीयले दबाब दिने गरेका छन् । तर कुनै पनि निकायले त्यसमा चासो दिएका छैनन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...