जग्गाको विवाद हुँदा रौतहटको गढीमाइमा दुई समूहबीच झडप, गोली लागेर १ जनाको मृत्यु

Goli chalyo

रौतहट । रौतहटको गढीमाइ नगरपालिकामा सडक सम्बन्धी विवादका क्रममा दुई समूहबीच झडप हुँदा गोली प्रहारबाट एक जनाको मृत्यु भएको छ ।
३ जना घाइते भएका छन् । घाइते भएका तीनै जनाको उपचार गरुडास्थित ग्राण्डी अस्पतालमा भइरहेको छ । प्रहरीले घटनामा संलग्न रहेको आशंकामा ५ जनालाई नियन्त्रणमा लिएको छ ।

गोली लागेर गढीमाइ नगरपालिका -८ का ५० वर्षीय राजकुमार राय यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ । विवादका क्रममा गोली लागेका उनलाई उपचारका लागि वीरगञ्ज पठाइएकामा बाटोमा नै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख उपरीक्षक वीरबहादुर बुढामगरले बताए । गोली कसले चलायो भन्ने खुलेको छैन ।

गढीमाई नगरपालिकाले निर्माण गरिरहेको बाटोका विषयमा विवाद हुँदा १२ बोरको बन्दुकबाट गोली प्रहार भएको प्रहरीको भनाइ छ । गोली लागेर स्थानीय रामप्रताप यादव, कपिलदेव राय यादव र निरञ्जन यादव घाइते भएका छन् ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...