सताव्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन

Radhadevi joshi

काठमाडौं । शताब्दी पुरुष सत्यमोहन जोशीकी पत्नी राधादेवी जोशीको निधन भएको छ । सय वर्षीया उनको आज बिहान ५ बजे र १५ मिनेटमा किस्ट अस्पतालमा निधन भएको साहित्यकार नरेन्द्रराज प्रसाईले जनाएका छन् ।

श्वासप्रश्वासका कारण दुई साताअघि उनलाई किस्ट अस्पतालमा भर्ना गरिएको थियो । उनका पति सत्यमोहन जोशीको भने गत असोज ३० गते १०३ वर्षको उमेरमा निधन भएको थियो । जोशी दम्पतीले चिकित्सा विज्ञानको प्रयोगात्मक अध्ययनका लागि किस्ट मेडिकल कलेजलाई मरणोपरान्त शरीर दानको घोषणा गरेको थियो ।

उनीहरूले ८४ वर्षभन्दा लामो समय दाम्पत्य जीवन बिताएका थिए । सत्यमोहन जोशीको गत असोज ३० गते १०४ वर्षको उमेरमा वर्षको उमेरमा निधन भइसकेको छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...