प्रगतिशील पत्रकार संघको अध्यक्षमा पोख्रेल र महासचिवमा थापा चयन

Shyamlal pokhrel

काठमाडौं । प्रगतिशील पत्रकार संघको अध्यक्षमा श्यामलाल पोख्रेल चयन भएका छन् । बुटवलमा शुक्रबारदेखि भएको पहिलो राष्ट्रिय सम्मेलनले पोख्रेलको अध्यक्षतामा २३ पूर्ण र ८ वैकल्पिक गरी ३१ सदस्यीय केन्द्रीय समिति चयन गरेको छ । आठ जनालाई सल्लाहकार चयन गरिएको छ ।

संघको उपाध्यक्षमा विनोद पौडेल, महासचिव प्रकाश थापामगर सचिव ताराप्रसाद शर्मा र गोपाल प्रसाद भट्टराई तथा कोषाध्यक्षमा प्रज्ववल पहाडी चयन भएका छन् । सचिवालय सदस्यमा महेश रिजाल चयन भएका छन् ।

त्यसैगरी केन्द्रीय सदस्यहरुमा नारायण गिरी, लक्ष्मी चौधरी, विद्यानाथ अधिकारी, शंकरप्रसाद पोख्रेल, तिलक गाउँले, मोहन वेल्वासे, जुमानसिंह केसी, जीतेन्द्र खत्री, शुक्र भण्डारी, हरि न्यौपाने, प्रकाश छन्त्याल, हरिकिशोर महतो, टंक अवस्थी, रमेश पौडेल र विनोद परियार रहेका छन् । वैकल्पिक केन्द्रीय सदस्यहरुमा विशाल कार्की, रोशन दानी, सोमनाथ अधिकारी, कुलदीप न्यौपाने निर्वाचित भएका छन् ।

सल्लाहकारहरुमा रामनारायण सुवेदी, सुमन अधिकारी, डबल बोगटी, बैरागी जेठा, शशी सापकोटा, इश्वरी भण्डारी, भाषा शर्मा, किरण आचार्य रहेका छन् । सम्मेलनले संगठनको प्रतिवेदन, घोषणापत्र, विशेष प्रस्ताव र आर्थिक प्रतिवेदन पारित गर्नुका साथै विधान संशोधन गरेको छ ।

सम्मेलनको उद्घाटन राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले गरेका थिए । सम्मेलनका क्रममा संस्थापक तीन जना सदस्यहरु सुमन अधिकारी, जीवन शाही र जगदीश ढकाललाई सम्मान गरिएको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...