प्रधानमन्त्री भेट्न बालुवाटारमा मिटरब्याजी पीडितको पहिलो पाइला

Miterbyaj pidit baluwatar

काठमाडौं । केही दिनदेखि काठमाडौंका सडकमा संघर्ष गरिरहेका मिटरब्याज पीडितले आज बालुवाटारमा प्रवेश पाएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहालले भेट्न बोलाएपछि आज बिहानै मिटरब्याज पीडित उनको सरकारी निवास बालुवाटर प्रवेश गरेका हुन् ।

महोत्तरी र सर्लाही लगायत जिल्लाबाट १२ दिन पैदल यात्रा गरेर काठमाडौं आएका पीडितको गुनासो सुन्न प्रधानमन्त्री प्रचण्डले बालुवाटार बोलाएका हुन् ।
सरकारले न्याय माग्न काठमाडौं आएका पीडितसँग वार्ता गर्नका लागि समिति बनाएको छ । पछिल्लो पटक शुक्रबार गृहमन्त्रालयमा भएको वार्ता सहमति नजिक पुगेको छ ।

मिटरब्याज पीडितले मिटरब्याजीलाई कारबाही गर्नुपर्ने, आफूहरूसँग लिइएको धितो फिर्ता हुनुपर्ने लगायतका माग राखेर आन्दोलन गरिरहेका छन् । उनीहरूले गृह मन्त्रालयको वार्ता टोलीसँग पटक गरेको छलफल पनि निष्कर्षमा पुग्न सकेको छैन ।

माग सम्बोधन नभएसम्म वार्ता पनि गर्ने र आन्दोलन पनि जारी राख्ने तयारीमा रहेका पीडितले माग सम्बोधन नभएसम्म गाउँ पनि नफर्किने अडान लिएका छन्।

पुनः वार्ता गरेर सहमति गर्ने तय भए पनि आज दिउँसोसम्मका लागि भने वार्ता स्थगित गरिएको छ । प्रधानमन्त्रीले पीडितलाई भेट्ने समय तय भएकोले त्यसपछि मात्रै अर्को चरणको वार्ताको टुंगो हुनेछ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...