आज यी प्रदेशमा वर्षा हुने, भोलीसम्म मौसम बदली भइरहने

Mausam news

काठमाडौं । आज देशभर मौसम बदली भएको छ भने सुदूरपश्चिम प्रदेशमा वर्षा भइरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाकी मौसमविद् गंगा नगरकोटीका अनुसार यतिबेला लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पूर्ण बदली भएको छ भने गण्डकी, बागमती, मधेश र कोशी प्रदेशमा चाहिँ सामान्यदेखि आंशिकसम्म बदलीको अवस्था छ ।

‘सुदूरपश्चिम प्रदेशका केही स्थानमा भने बिहानैदेखि वर्षा भइरहेको छ । मौसमविद् गंगा नगरकोटीका अनुसार आज र भोलि देशभर बदली र वर्षाको सम्भावना छ। पर्सिबाट भने यो प्रणाली (पश्चिमी वायु) कमजोर भएर मौसम सुधार हुने देखिएको छ ।

मौसम महाशाखाका अनुुसार हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज दिउँसो पनि देशभर सामान्यदेखि पूर्ण बदली रहने छ । देशका केही स्थानमा मेघगर्जन/चट्याङ र हावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । साथै देशका उच्च पहाडी तथा हिमाली क्षेत्रका थोरै स्थानमा हल्का हिमपातको सम्भावना पनि छ ।

मौसमविद् नगरकोटीका अनुसार आज दिउँसो काठमाडौँ उपत्यकामा पनि वर्षा हुने सम्भावना छ । महाशाखाले आज बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार राति पनि देशभर मौसम सामान्य बदली रहने छ । मौसमविद् नगरकोटीका अनुसार मेघगर्जन र चट्याङसँगै हल्का हावाहुरी त चलिहाल्छ । तर आज रातिलाई कोशी र मधेश प्रदेशका तराई क्षेत्रमा हावाहुरीको अलि बढी सम्भावना छ ।

देशका केही स्थानमा मेघगर्जनरचट्याङरहावाहुरीसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । देशका उच्च पहाडी तथा हिमाली भेगका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...