धनकुटाको जनविश्वास छापाखानामा आगलागी, ५० लाखको क्षति

Jana bishawas press aaglagi

धनकुटा । धनकुटा नगरपालिका वडा नंं ७ हुलाकटोलमा रहेको जनविश्वास अपसेट प्रेसमा आगलागी भएको छ । जिल्ला अस्पताल अगाडि रहेको सो प्रेसमा विहान करिब साँढे ६ बजेबाट आगलागी सुरु भएको थियो ।

आगलागि भए लगत्तै धनकुटा नगरपालिकाको दमकलको सहयोगमा स्थानीयवासी र प्रहरीले आधा घण्टापछि करिब ७ बजे आगो नियन्त्रणमा लिएका थिए । विद्युत सर्ट भएर आगलागी भएको अनुमान गरिएको छ । बिहान प्रेसमा मान्छे कोही नभएका बेला अचानक आगो लागेको प्रेसका सञ्चालक सञ्जय सन्तोषी राईले बताए । सो प्रेसमा आगलागि हुँदा करिव ५० लाखको क्षति भएको उनले बताए ।

आगो नियन्त्रण भएपछि प्रहरीले क्षतिको विवरण संकलन गरिरहेको छ । आगोले प्रेसको मेसिनसहित अधिकांश सामान जलेका छन् । सोही प्रेसबाट जनविश्वास साप्ताहिक पत्रिका प्रकाशन हुँदै आएको थियो । छापाखाना सम्बन्धी अन्य काम पनि हुने गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...