चैते दशैंमा गण्डकी प्रदेशमा सार्वजनिक बिदा

Chaite dashain

पोखरा । गण्डकी प्रदेश सरकारले चैते दशैं पर्वका अवसरमा यही चैत १५ गते बुधबार सार्वजनिक बिदा दिने निर्णय गरेको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालयकी उपसचिव चण्डिका पौडेलले सूचना जारी गर्दै चैत १५ गते प्रदेशभर सार्वजनिक बिदा दिने निर्णय गरेको जनाएकी छन् । सो बिदा प्रदेश राजपत्रमा पनि उल्लेख छ ।

चैते दसैंको अवसरमा चैत १५ गते बुधबार बिदा दिने प्रदेशले निर्णय गरेको हो । हरेक वर्ष चैत्र शुक्ल अष्टमीका दिन नवदुर्गाको पूजाआराधना गरी चैते दशैं मनाउने गरिन्छ । चैत्राष्टमीका बेला यहाँका शक्तिपीठ एवं देवीका मन्दिरमा भक्तजनको घुइँचो लाग्ने गर्छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...