मौसम पूर्वानुमान महाशाखाले भन्यो, २४ घण्टासम्म चट्याङ र हावाहुरीबाट बच्नुस्

Mausam news

काठमाडौं । केही दिनयता मौसममा खरावी आइरहेको छ । मौसम पूर्वानुमान महाशाखाले पनि २४ घण्टाका लागि चेतावनी जारी गरेको छ । आइतबार साँझ ६ बजे महाशाखाले सोमबार साँझ ६ बजेसम्मका लागि चेतावनी तथा परामर्श जारी गर्दै चट्याङ र हावाहुरीबाट बच्न आग्रह गरेको छ ।

जसमा भनिएको छ– कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागका थोरै स्थान र देशका बाँकी पहाडी भूभागका एक/दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको हुनाले मेघगर्जन/चट्याङ तथा हावाहुरीबाट क्षति हुन नदिन आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ ।

महाशाखाका अनुसार आज राति कोशी, गण्डकी तथा सुदूरपश्चिम प्रदेशका पहाडी भेगका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

यस्तै भोलि सोमबार दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भेगका थोरै स्थानमा र देशका बाँकी पहाडी क्षेत्रका एकरदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

महाशाखााका अनुसार सोमबार राति कोशी र गण्डकी प्रदेशका पहाडी भेगका एकरदुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्का वर्षाको सम्भावना छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

धनकुटाको बोधेमा लोड गर्दै गरेको ट्रकमा भेटियो ९४६ किलो गाँजा, १ जना पक्राउ

Trak ma 946 kg gaja

धनकुटा । धनकुटाको चौबिसे गाउँपालिकाबाट प्रहरीले ट्रकमा गाँजा लोड भइरहेको ९ सय ४६ किलोग्राम गाँजा ...