एमालेका प्रभावशाली नेता गिरी एकीकृत समाजवादीमा प्रवेश

Dambar giri jhapa

झापा । नेकपा एमाले झापा जिल्ला नेता तथा हल्दिबारी गाउँ पालिकाका निवर्तमान उपाध्यक्ष डम्बर गिरी नेकपा (एकीकृत समाजवादी) प्रवेश गरेका छन् ।

एमालेको युवा संघको पूर्व जिल्ला अध्यक्षसमेत रहेका गिरीले गत निर्वाचनमा झापा क्षेत्र नं. ३ बाट प्रतिनिधिसभामा स्वतन्त्र उम्मेद्बारी दिएका थिए । उनले झापामा एमालेले राप्रपासँग तालमेल गरेपछि आपत्ति जनाउँदै एमालेबाट बिद्रोह गरेका थिए ।

उनले आफ्नो फेसबुकमा लेखेका छन् ‘आज मिती २०७९ चैत्र ११ गतेदेखि मेरो आफ्नो कम्युनिस्ट पार्टीको सदस्यता नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीमा नविकरण गरेको घोषणा गर्दछु । नेपालको कम्युनिस्ट आन्दोलनलाई ठीक ढंगले अगाडि बढाउनका लागि यो पार्टी नै आजको दिनमा सर्वाधिक उपयुक्त मंच हो । नेपालका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरूलाई समेत नेकपा ९एकीकृत समाजवादी० मा समाहित भई नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्गठनको अभियानमा सामेल हुन आह्वान समेत गर्दछु ।’

 

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...