आज मन्त्रिपरिषद्को बैठक बस्दै, आजै नेपाल प्रहरीको आईजीपी नियुक्ती हुने

Naya igp  daud

काठमाडौं । प्रहरी महानिरीक्षक (आईजीपी) नियुक्तिबारे निर्णय गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ । नियमित तालिका अनुसार हिजो नै बैठक बस्नुपर्ने भए पनि आजलाई सारिएको हो ।

अपरान्ह ४ बजे बस्ने मन्त्रिपरिषद् बैठकले नेपाल प्रहरीको महानिरीक्षक (आईजीपी) नियुक्त गर्ने जनाएको छ । प्रहरी महानिरीक्षक धिरजप्रताप सिंह भोलिबाट अवकाशमा जाने भएपछि नयाँ आईजीपी नियुक्त गर्न लागिएको हो ।

भावी आईजीपीको लागि ५ जना अतिरिक्त महानिरीक्षक (एआईजी) हरु दाबेदार छन् । बसन्तबहादुर कुँवर, टेकप्रसाद राई, दिपक थापा, श्यामलाल ज्ञवाली र किरण बज्राचार्य आईजीपीका दाबेदार हुन् । मुख्य प्रतिस्पर्धा कुँवर र ज्ञवालीबीच हुने चर्चा छ । उनीहरुलाई सरकारले केहीदिन अघि मात्रै एआईजीमा बढुवा गरेको थियो ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...