आगामी तीन दिन देशका पहाडी भू-भागमा चट्याङ्गसहित वर्षाको सम्भावना

Mausam news

काठमाडौँ । हाल देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले देशका पहाडी भू-भागमा आंशिक बदली रहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा चट्याङ्गसहित हल्का वर्षाको सम्भावना रहेको छ । अन्य प्रदेशको पहाडी भूभागमा भने छिटफुट वर्षा हुनेछ । राति कोशी र गण्डकी प्रदेशको पहाडी भू-भागमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ ।

शुक्रबार भने लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा चट्याङ्गसहित क्षणिक वर्षाको सम्भावना रहेको छ । शुक्रबार राति भने गण्डकी, लुम्बिनी, कर्णाली तथा सुदूरपश्चिम प्रदेशमा मध्यम वर्षाको सम्भावना रहेको छ । यो क्रम शनिबार पनि जारी रहने महाशाखाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

साताको लोकपृय

मुक्ति समाज धनकुटाको अध्यक्षमा पुनः मानबहादुर विश्वकर्मा चयन

Mukti samaj dkt

धनकुटा । नेकपा एमाले निकट मुक्ति समाज धनकुटाको आठौं जिल्ला सम्मेलनबाट पुनः अध्यक्षमा मानबहादुर वि...